विश्वास गर्नै पर्यो

नरजित राई, हङकङ   माइक्रोसकपिक कोभिड १९ र अन्य जीवाणुहरु सङ्ग बच्न सेन्टिलाइजरले सधै हत्केलालाई मालिस गरिरहे सबै जीवाणुहरु सायद भुसुक्कै भए होलान।   जन्तर जस्तै बस्तु भाइरस सट आउट रे जीवाणुहरुसँग बेसमारि प्रतिरोध गर्छ रे मैले पनि काधमा झुन्डाइ दिए सायद भाइरसहरु रूँदै भागे होलान।   बटम थिचे पिलपिल गर्छ इलेक्ट्रिकल भाइरस सट आउट रे ...

हातको गिलास

राम के.सी. 'बिवस' बागलुङ गलकोट, हाल हङकङ   हातको गिलास भुईमा खस्दै थियो अह मैले खस्न दिईन खसेको भए सायद टुट्थ्यो होला टुक्रा ट्क्रा भएर फुट्थ्यो होला अह मैले खस्न दिईन,   मेरा जिन्दगी पनी कता कता त्यस्तै थियो कुनै लतमा फस्न दिईन फसेको भए सायद मृत्यु रोज्थ्यो होला कतै एकान्त कतै सुनसान खोज्थ्यो होला अह सम्हालेर राखे फस्न दिईन,   मेरो मन पनी क...

गजल

बज्र कुमार थुलुङ, हङकङ   धर्तीको रुप बिगारेपछि,आकाशमा बार लगाएपछि, आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।   विज्ञानको तुजुक देखाएर,खुब वलिष्ठ भा'थ्यो मान्छे ! क्या निरीह भो उहि,समयले मृत्यु सामु उभ्याएपछि। आएको हो कोरोना, मान्छेले मान्छेलाई खाएपछि।   कुनै जीव-अजीव होइन, भाइरस मान्छे नै हो यार, यसो भन्दै रुन्छ वैज्ञानिक, दुनियाँ आज डुबाएपछि । आएको...

“विदेश” अनि “आमा”

अनोज रोक्का, हङकङ   एउटा प्राप्ती अनि सपनाको रंगिन संसार नियाल्दा नियाल्दै जीवनको अन्तिम सार मैले तिमीलाई सोचाईमा मात्र राखे ।   अनेकन कुरा गरे, तिम्रो खुसी भन्दा थिएन अलग मनै त हो, नदेख्दा नी तिम्रो तस्बिर र प्रेमको अनगिन्ती झलक थिएन कुनै पलक, जुन सपनामा तिमी हुन्नथ्यौ ।   जीवनकै आधा भाग कखगघ मा लिन भए बाँकी रहेको दिन, तिम्रै भौतिक सुखका लागि ...

बांचे गाउँ छिर्ने हो

मोति चाम्लिङ, हङकङ   अब फेरि त्यो स्याल धोती फूल आंगनमा फुलेको हेर्न बर्शौं पछिका गुनासाहरु नाङ्लो भरी फिजारेर मन सिलाउंदै केलाउन आतुर छ मन चुहिएको बलेंसिबाट बर्षे झरी सिकुवाबाट छल्दै लुत्त घर भित्र छिर्न।   भाग्यमा लेखिएको छ भने उहिलेका दुख र बेदनाका कथा आंग चिलाएर फेरि कन्याउदै मनमुटुबाट आलै ओकलेर छांदमारीको हिक्कामा संगित भरेर एउटा...

कविको आत्मा सयर

प्रगति राई, काठमाडौ   धेरै भएको थियो–मानिसहरूले मृत्यु भुलेका बहत्तर सालको भुकम्प कति नै पुरानो भयो र ? तर कति चाँडै मानिसले भुलिदिएछन्–मृत्युको शाश्वत सत्य ।   हरवखत मृत्यु सम्झिरहने एउटै मान्छे त थियो–उही कवि ऊ सम्झाइरहन्थ्यो मानिसहरूलाई– मृत्यु टाढा छैन, यतैकतै हाम्रै वरिपरी अदृष्य भएर घुमिरहेको छ मृत्यु अघिको समय मात्र हाम्रो हो, मुत्यु अघिको जीवन मात्र ...

पाहुनाको आतंक

नरेश 'ठूले', हङकङ चाडबाड, भोजभतेर कुनै उत्सव चाहिदैन दिन, बार, मिति साहितको जरूरी छैन अध्यारो होस या उज्योलो, केही प्रबाह छैन निमन्त्रणा, चुलेनिम्तो दिन पर्दैन कुनै सूचना र संकेत बिना ऊ घर-घरमा छिर्छ जन-जनमा छिर्छ ।   कुनै नाता-सम्बन्ध छैन ऊसँग हितैषि, अनन्य साथि-संगि पनि हैन तर ऊ अदृश्य शक्तिभित्र बिलिन पात्र बनेर प्रवेश गर्छ मानव शरिरमा आँखा नाक र म...

कोरोना कहर

कविता राई गाउँले, काठमाडौ   बिना आव्हान अचानक घोषणा भो अघोषित युद्धको र उर्दी जारी भो - युद्धमा तिमी पनि सहभागी मध्यका एक हौ यो युद्धमा तिमी हार या जित तर तिम्रो शत्रु भनेको तिमी नै हौ   अप्ठ्यारो परिस्थितिको सूचना प्रसारण भैसकेपछि सरकारले अचानक उपस्थिति देखायो दुई चार शब्द राहतको हल्ला मच्चाएर भन्दियो - आतंककारी तपाईंको हात नजिक आइसकेकोछ त्यसैले...

कोभिड नाईन्टिन

निशित मोक्तान, सिक्किम   अपाहिज छ एउटा समय, जसको परिधिमा बन्द छन् हरेक जिन्दगी जहाँ, भय त्रास, र, व्यग्रताले घेरेको साङ्लामा मान्छे क्षण क्षण तड्पिन्दै…. मृत्युको खेल हेरी बस्छ ट्वाल्ल परेर....   होडबाजीमा कुद्ने पाईलाहरू हिजआज फूर्सद निकालेर ईश्वरसित, आयुको पैंचो मागीबस्छ निरन्तर ....   अपाहिज बनेका अट्टालिका म...

एक त्यान्द्रो आशा

भुपेन्द्र चेम्जोङ 'मुक्कुम' हङकङ   ए मानव ! तलाई धिक्कार छ तेरो घमण्डलाई धिक्कार छ यो सुन्दर धर्तिलाई पटक पटक धम्की दिरहेका थियौ सयौ चोटि नष्ट गर्न सक्छु भन्थ्यौ हिरोशिमा, नागासाकी,इराक ,सिरिया धुलो पारेकै हो उन्मादले मातिएर मानवता लिलामी गर्दै रह्यो अन्तरिक्षमाथि बिजयको घोषणा गर्दै मङ्गलमा बस्ती बसाल्ने सपना बुन्यौ महासागर र महादेशभरी जङ्गीबेडाहरु कथ...

फेरि जन्मनेछन् उनीहरु….

सुनिता गिरी संयोजक: साहित्यिक साझा शृङ्खला, हङकङ   साँझमा उदाउँने ताराहरु संगै फेरि उदाउनेछन् उनिहरु कहाँ अस्ताएका हुन् र उनिहरु सदालाई ? भोलि फेरि यहि धर्तीमा फुल्ने फूलहरु सगै ढकमक्क फुल्नेछन् उनिहरु कहाँ चुडिएका हुन् र उनिहरु? भोली फेरि बाच्न जन्मिनेछन जिवित रहन जीवनभरीलाई मृत्यु सत्य छ अस्विकार गर्दै गर्दै त्यो सत्य स्विकारे उनिहरुले जित्दा जित्दै...

इपिसेन्टर

अशोक चाम्लिङ, अमेरिका   हेर्दा कस्तो कस्तो देखिन्छ तर यो यस्तै छ ।   हर दिन बिरामी र मृतकको तथ्यांक बढिरहेको छ अनुपात हिजोको भन्दा आजको ज्यादा छ ‘सुनामी बिध्वँस’ छ छेउ छाउका मान्छेहरू ढलेका छन मान्छेको मूल्य सकिएको भान हुन्छ आफ्नो वरिपरि यमराजको अट्टहास छ बलियो मानसिकता केवल मेरो एक मात्र हतियार छ मानौँ म तेश्रो बिश्व युध्दको एक बहादुर योध्दा ...