अस्तित्वको लडाई

कालो रातको सुयोग जुर्याएर कालो मार्ग हुँदै अतिबादको कालो मूर्दा बोकेर त्यसका यम पन्चक मलामीहरू झर्दैछन तिम्रा सुन्दर शान्ति बस्तिहरूमा र, उर्दि फर्मान गरिरहेछ अब तिमीहरूले आज्ञा पालन गर्नु पर्छ, चोक र गौंडाहरूमा यमदूत र त्यसका क्रुर दुष्ट सिपाईहरूले अब ज्यादतीका चिरपट थोपरेर नर संहार हुनेछ मानब बधसालाहरूमा त्यसको तिमीले डटेर सामना गर्नु लाठि बुट सामान्य हुन सम्झिनु गोली बारूद र...

पहाडको फेदीमा

म त्यही पहाडको फेदीमा उभिएको छु जहाँ मेरो पिता पुर्खाले युगौ बिताएका थिए यही पहाड जस्तो अटल भएर कसैको गिद्वे दृष्टिलाई प्रत्येक क्षण चुनौती दिएका थिए तर इतिहास यो कुरा भन्न सङकोच मान्छ, क्यासिनो लाईनमा गाडिएको गोर्खालीहरूको चिहान पनि सायद अरू कसैको भन्छ तर म ठिक त्यही पहाडको फेदीमा उभिएको छु जहाँ मेरो पिता पुर्खाले युगौ बिताएका थिए जहाँ जहाँ तिम्रो स्वार्थ पोखिएको छ...

यज्ञशको ‘भुइयाँ’ सार्वजनिक

ए ! मेरो जानी दुश्मन म त छटपटिएरै मर्छु क्यारे एकैछिन पनि बोल्न पाईन भने तिमीलाई तथानाम भनिन भने ठुस्केर तिमिलाई घुर्क्याईन भने, सुख दु:खको गहिराई नाप्ने भगवान भन्नु झिनो आशा मात्र न हो आंट भरोसा भन्नु तिमी नै हौ त्यसैले ए ! जानी दुश्मन मलाई घरिघरि घच्घच्याई राख है, भाग दौडको जिन्दगीमा को कति पानीमा छ भन्ने कुरा कि तिमी जान्दछौ कि म जान्दछु तेसो र तिमी मेरो जानि दुश्मन मलाई य...

श्रद्धाञ्जली चढाएँ

आमाको आँखाको नानी बाबाको सानी छोरी भाइको प्यारी दिदी तिमी कहिल्यै नफर्कने गरी सयौं आमाहरुको आँखाको परेला भिजाई आफन्तलाई भावबिव्हल बनाई श्रद्धाञ्जली दिन आउने सबै सबैलाई रुवाई गयौ इक्सामा तिमी कहिलै नफर्कने गरी, तिम्रो के दोश थियो र ? तिमी त अबोध थियौ तिमी निर्दोष थियौ तिमी खेल्ने, घुम्ने, रमाउने बेलैमा कहिले आमाको काखमा कहिले बाबाको काखमा लडीबुडी खेल्ने बेलैमा भरखरै ए फर एप्पल ...

बाटुलीको बैँश

पन्ध्र पुगेर सोर्‍ह बर्ख लागि भोलिबाट 'बाटुली'। एस.एल.सी. दिएपछि पहिलो चोटि मन्दिरमा भाकल गर्ने मन गरि । जन्मदिन परेको साईतमा आफुले हाकेको ताकेको सबै पूरा होस्भनी भगवानलाई बार्गेनिङ गर्न पेरेन्ङ्गोमा भाले च्यापेर घरबाट बिदा हुनै लाग्दा, घुरेनवारिबाट उचाली नसक्नुको काँक्रा ल्याएर धरान बस्दाको आफन्तलाई कोशेली दिनु है डल्ली भन्दै आमाले भारी लगाई दिइन् । बाटुलीने आमालाई ढोग गरिन् अनि धरान प...

अवसरको खेती ‘चुनाउ’

शान्त तलाउ पनि छचल्किएको छ सुनसान बोटबृक्षाहरू चलमलाएका छन चुपचाप निदाउने रात पनि चिच्याएको छ स्थिर बुख्याचा पनि हल्लिएको छ चरा मुसा चिरबिर चुँचुँ गरेका छन किट पतंग किरिक कुरूक गरेका छन सर्पहरू सल्बलाएका छन सुगुरहरू च्वॉच्वॉ गुँगुँ गरेका छन कुकुरहरूलाई कात्तिकले उन्मत्त छोएको छ चैते बॉदरलाई लिस्नु फेला परेको छ गाईहरूको बथानले गोरू खोजेका छन गोरू र बहरहरू सॉढे जस्तै डुक्री रहेछन स्य...

समसामयिक कवि

ओ कवि ! भावनामा हराउनलाई, रुख, पात, लहरा झुलिरहेछ्न् कविता मिलेको लेख्नलाई गद्य, पद्य, छन्दहरू लहरमा छन् गहन र भाष्ट भावना समेट्नलाई नेपाली बाहेक लाखौं बिदेशी किताबहरू छन् दाम छाडेर मात्र 'नाम' कमाउनलाई रातारात किताब छापिने छापाखानाहरू छन्, के पुगेन तिमीलाई ? सामाजिक मुद्दा बनाउदा तिम्रो आफ्नै घरको उदाहरण साक्षी छ राजनैतिक उथल पुथल चर्किरहंदा मधेसी, पहाडी पहिचानसंगै जनजाति छ ब्...