यज्ञशको ‘भुइयाँ’ सार्वजनिक

इन्द्र थेगिम

ए ! मेरो जानी दुश्मन
म त छटपटिएरै मर्छु क्यारे
एकैछिन पनि बोल्न पाईन भने
तिमीलाई तथानाम भनिन भने
ठुस्केर तिमिलाई घुर्क्याईन भने,

सुख दु:खको गहिराई नाप्ने
भगवान भन्नु झिनो आशा मात्र न हो
आंट भरोसा भन्नु तिमी नै हौ
त्यसैले ए ! जानी दुश्मन
मलाई घरिघरि घच्घच्याई राख है,

भाग दौडको जिन्दगीमा
को कति पानीमा छ भन्ने कुरा
कि तिमी जान्दछौ कि म जान्दछु
तेसो र तिमी मेरो जानि दुश्मन
मलाई यसैगरी सताई राख है,

रङ्गिन जिउने बहानामा
कतै म हराएं भने
स्वार्थी हुने चाहनामा
संसार त्याग्न चाहें भने
ए ! मेरो जानी दुश्मन
तिमीले मलाई थम्थमाउनु है ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार