गजल

गीता अधिकारी, हङकङ   कोरोनाले भनेन सम्राट, न त भन्यो भिखारी ! चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी !   न औषधि बनायो, न जनता बचाउँन नै सक्यो आँखा अगाडी आफै मर्नु पर्ने, कस्तो लाचारी चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी ।   जताततै कोरोनाले, सखाप पार्दा विश्वभरी लासहरु गाड्ने ठाउँ पाएनन्, वारी देखि पारी चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी । &n...

यो बर्ष धर्तिमा

नरजित राई, हङकङ   मानवहरुलाइ के दशा आइ लाग्योरु बिश्वभर माहामारी फैलिएको छ। सम्पुर्ण देशहरु स्तब्ध र आतंकित छन बिज्ञान र बैज्ञानिकहरुलाइ चुनौती थपिएको छ यो माहामारि घट्दो होइन झन झन बड्दो छ हरेक मानवहरुलाइ त्रसित पारिरहेको छ माइक्रोसकपिक कोभिड्-१९ ले   मानव शरीर भित्र प्रवेश गर्यो कि पुनः उठेर धरती देख्छु भन्नै नसकिने स्वास प्रस्वास प्रणाली फोक्सोलाइ न...

मध्ये रातमा

बादल यायावर आतंककारी मास्क भिडेर म निस्किएको छु ! क्वारेन्टाइनको गुफाबाट कोभिड-१९ विरुद्ध वैरागी काईलाहरुको एउटा पाईला पनि नअट्ने यो साँघुरो शहरको गल्लीमा ठीक मध्यरातको सडकमा उभिएको छु । आगोको फूलहरुबाट देवकोटा सिग्रेट सल्काउदै अघि बढ्दै सडकमा सडकसित अंगालेर बौलाहा काजी उत्तानो परेको छ पीरलेझै ग्रसित देखिन्छ उसको आँखा आकाश माथीको छानोमा टोलाईरहेको छ सपना मसानघाट जस्तै भएको छ ...

फगत आभास

फगत आभास मुकेश राई एक अचेल बस्ती र शहरहरु उजाड लाग्छ यहाँ एउटा अप्रत्यक्ष आतंकले मनाईरहेछ मृत्यु उत्सव, संत्राशको घेरा भित्र मान्छेहरु खुम्चिरहेछन संकुचन हुँदै निसन्देह उन्मुक्त मनहरु पनि गुम्सिरहेछन जीवन ज्योति खोज्दै यहाँ हरेक बिहानी उदाउने सूर्यले छर्दैन उज्ज्यालो मनको आँगनमा चराहरुले गाइरहेको उन्मुक्त प्रेमगीत लाग्छ उदास शोकगीत झै फूलिरहेका फूलहरुमा देखिन्छ उदासीका निरस रङ्ग...

बाटो हराएपछी–चन्द्र रानाहँछा

हुरी चलिरहेको साँझ सरकार घरभित्र पसेको मौका छोपेर कुख्यात अभियुक्त जस्तो निस्कियो चोकमा एउटा नागरिक आफ्नो डेराबाट हेर्यो सर्सर्ती उसले अभिमानले उभिएको साँढे जस्तो चन्द्रागिरी ध्यानस्त स्वयम्भू मुस्कुराईरहेको पशुपतिनाथ र आँसुले भिजिरहेको आर्यघाटलाई... कुट्यो आवेगमा मुड्किले भुँइ ढाक्यो धुलोले उसको जलिरहेको छाती ।   पुग्नु थियोे कसैगरी सुदूर गाउँ छैन ब...

भूगोल यात्रामा कोरोना……………..

उ सरल छ, अत्यान्तै शिष्ट छ धनी र गरिब चिन्दैन उ ठूला र साना छुट्याउदैन उ भुपडीहरुलाई हेप्दैन पनि अनि महल र दरबारहरुसंग किन्चित डराउदैन पनि सपनाको लौरी टेकेर भूगोल यात्रामा निस्कन्छ निश्छल अनि निष्पक्ष कोरना हाकिम र पियन चिन्दैन उ नेता र कार्यकर्ता पनि छुट्याँउदैन निर्मला र रोसनी पनि भन्दैन विल्कुल विभेद गर्दैन उ छिन छिनमा कुरा फेर्दैन न तेत्तीस किलोमा लोभिन्छ? ...

मैले देखेको वुझेको चासोक तङ्नाम वा उधौली पर्व

इन्दिरा चेम्जोङ । चासोक तङ्नाम वा उधौली किरातीहरुको महान पर्व हो । पछिल्लो समयमा यो पर्वलाई भव्यताकासाथ मनाउने चलन वढ्दो छ । प्रकृतिपूजक लिम्वु समुदायका प्रत्येक घरले गाउँघरतिर न्वाँगी पूजाको रुपमा गरिने अनुष्ठानको वृहत रुप नै न्वाँगी पूजा वा चासोक तङ्नाम हो । मंसिर महिनामा अन्न वाली पाकेपछि आफ्नो कुल देवतालाई चढाउने वा पूजा गर्ने चलनलाई नै चासोक तङ्नाम वा न्वाँगी पूजा भनिन्छ । यदि पूजा नगरि...

आमा !- सन्ध्या क्षेत्री

मेरी आमा ! मेरो जीवनको सबैभन्दा नजिकको सम्बन्ध तिमी देखि नै सुरु भयो मेरो जीवनको यात्रा गर्भमा हुदा देखिनै जोडिएको अटुट सम्बन्ध कति पीडा खप्यौ होला मेरो अस्तित्व जोगाउन खाएको खाना पनि बसेन होला तिम्रो पेटमा नौ महिना पछि जब मैले बाहिर आउने संकेत दिए हासी हासी तिमीले मलाई स्वागत गर्यौ कस्तो पीडा भयो होला त्यो सुखमा मलाई सुताउन है ? कति रात चिसोमा सुत्यौ होला मेरो भोक मेटाउ...

आफ्नो बनाउन नसकेको बेनामी प्रेमी

१२ बर्षमा त खोला पनि फर्कन्छ भन्ने भनाई म मा ठ्याक्कै लागू भयो।अर्थात उ सङ्ग १२ पछि आकास्मात भेट! उ फार्मेसी चलाउथ्यो । उमेरमा हामी दुबै एकै छिमलका थियौं कि .! माछा चारो खोज्न हिड्ने खेवा जस्तै उस कै फार्मेसी अगाडिको बाटोहुदै सधैं हिड्नुपर्ने मलाई । उसले भने सधैं केही सोध्ला वा भन्ला जसै गरी एक निमेष हेरिरहन्थ्यो। उसले कहिलेबाट त्यसरी हेर्ने गर्थ्यो त्यो त मलाई हेक्कै रहे। तर उसको फार्मेसीको ...

जिन्दगी जिन्दावाद !

नेपालीमा एउटा उखान छ- 'सबैले बलेको आगो ताप्छन' । यो उखान त्यतिकै बनेको छैन, त्यसै भनिएको छैन।समाजको चरित्र नै त्यस्तो छ- जो सबैजना वरिपरि घेरिएर बलेको आगो ताप्छन, जब आगो निभ्न थालेपछि सबै आ-आफ्नो बाटो लाग्छन् । तर मेरो मान्यता अलि फरक छ । म भन्छु- निभ्न लागेको आगोलाई पुन बालेर ताप्न सकौं, अथवा झिल्कोमा परिणत भएको कोईलालाई झिलिमिटि दाउरा जोडजाड गरेर आगो बालौं, जसले राप, ताप र उज्यालो दिन सकोस । हो ...

झरी परेको दिन

      सेतो बादलको सारीमा सजिरहने सुन्दरीझैं दिनको उदासी अनुहारमा हेरेर विदेशिएको श्रीमानको याद विरही सम्झनामा सम्हाल्न नसकेर परेलीहरू निलो तलाउको किनारा फुटाएर रोइरहन्छ आकाश झरी परेको दिन आँखाको एल्बममा पट्टयाइएको अतीत फुकाउदै पर–पर क्षितिजका जुन ताराहरू आफु समिप उतारेर दोछायाँका बत्तिहरू हेरेर जमेको पानीमा एउटा प्रेम पिडित संगितकारझैं विरही धुन बजाइर...

जय जिन्दगी

प्रसंग आफ्नै हो- यहि गत महिना जुनको अन्तिम दिन हुनुपर्छ । म कुनै मिटिंगको लागि साथिहरूलाई पर्खिरहेको थिए । मेरो फोनमा घण्टि बज्यो यसो हेरेको नेपाल फाईनान्सको सिईओ धिरज कुमार राईज्यूले फोन गर्नु भएको रहेछ । एकआपसमा अभिवादन साट्दै के कति कामले सम्झिनु भयो सर भनेर सोधनी गरें । उहाँले भन्नुभयो लौ सर तपाईहरूको सुनुवार समाजले फाईनान्समा पैसा राखेको ५ बर्ष पुगेछ पुन: राख्नु हुन्छ कि निकाल्नु हुन्छ सल्लाह...