गजल

गीता अधिकारी, हङकङ

 

कोरोनाले भनेन सम्राट, न त भन्यो भिखारी !

चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी !

 

न औषधि बनायो, न जनता बचाउँन नै सक्यो

आँखा अगाडी आफै मर्नु पर्ने, कस्तो लाचारी

चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी ।

 

जताततै कोरोनाले, सखाप पार्दा विश्वभरी

लासहरु गाड्ने ठाउँ पाएनन्, वारी देखि पारी

चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी ।

 

आफन्त दुर छन, नभेटेको पनि सालौ भएछ

कति रुनु भिडियो कलमा, दु:खका आँसु झारी

चाइनाले सखाप पार्यो, निभाएन जिम्मेवारी ।

 

मर्नु त एकदिन सबैलाई छ, अमर कोहि छैनन्

अकालमै मर्नुपर्छ,  कि यहाँ कोरोनासँग हारी

चाइनाले सखाप पार्यो,  निभाएन जिम्मेवारी

कोरोनाले भनेन सम्राट, न त भन्यो भिखारी ।

 

कोरोना भाईरस बिरुद्ध बगैंचा डट फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको गजल ।

संयोजक: मगेन्द्र राई, साथमा- सन्तोष तामाङ, डोम राना

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार