साहित्य श्रृंखलाको १३ औं वार्षिक उत्सव मेमा हुदैं

  टोपबहादुर याक्खा

३० मार्च, हङकङ– विभिन्न स्रष्टाहरुका कृति विमोचन, सृजना वाचन तथा साहित्य श्रृंखलाको १३ औं वार्षिक उत्सव तयारी बारे छलफल गर्दै १४२ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका साहित्यकारहरुबाट प्राप्त कृतिहरु क्रमशः दीपक सुवेदीको ‘हङकङको नेपाली साहित्य र अन्य समालोचना’, म्यामराज राईको लघुकथा संग्रह ‘बुन्छत’ र कवि समीप वैरागीको कविता संग्रह ‘साहीमासा’ लाई कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरुद्धारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।
श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु चन्द्र मादेन ‘आन्छन’, सुनिता गिरी, बज्र कुमार राई, रोशन यक्सो, सुन्दर गुरुङ, जानु काम्बाङ लिम्बु, डोम राना, अरुणा शर्मा, विष्णु मुखिया, जुनु राना, खुसी लिम्बु लगायतले सृजनाहरु वाचन गरेक थिए भने डा.चेत कुमारी गुरुङ, गोपाल गुरुङका साथै साहित्य श्रृंखलाका संरक्षकद्धय दाजु गुरुङ र राज कुमार राईले आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा साहित्य श्रृंखलाका पूर्व सह–संयोजक समेत रहेका चित्रकार दिपेन्द्र राईले आँखा विशेषज्ञको रुपमा विश्वमै चर्चित डा.सन्दुक रुइतको स्केच तयार गरी उनको संक्षिप्त जिवनी बारे बोलेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङद्धारा सृजना वाचन संगै आफ्ना भनाईहरु राख्दै समापन गरिएको उक्त कार्यक्रममा २५ मे २०२५, आइतबारका दिन जोर्डनस्थित ब्लु ओशन रेष्टुरेण्टमा आयोजना हुन गइरहेको हङकङ साहित्यिक साझा श्रृंखलाको १३ औं वार्षिक उत्सव कार्यक्रम बारे विशेष छलफल तथा निर्णयहरु समेत गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार