आमा !- सन्ध्या क्षेत्री

सन्ध्या क्षेत्री
मेरी आमा !
मेरो जीवनको सबैभन्दा नजिकको सम्बन्ध
तिमी देखि नै सुरु भयो
मेरो जीवनको यात्रा
गर्भमा हुदा देखिनै जोडिएको
अटुट सम्बन्ध
कति पीडा खप्यौ होला
मेरो अस्तित्व जोगाउन
खाएको खाना पनि बसेन होला तिम्रो पेटमा
नौ महिना पछि जब मैले
बाहिर आउने संकेत दिए
हासी हासी तिमीले मलाई स्वागत गर्यौ
कस्तो पीडा भयो होला त्यो
सुखमा मलाई सुताउन है ?
कति रात चिसोमा सुत्यौ होला
मेरो भोक मेटाउनलाई
कति पटक उठ्यौ होला
जब मैले हिड्ने इच्छा गरे
मेरो सानो सानो औलि पक्डी
तिमीले नै हिड्न सिकायौ मलाई
यो संसारको यात्राहरुमा
टुकु टुकु हिड्ने हुदा
तिमी कति रमायौ होला ।
आमा !
मलाई सुन्दर भविस्यको निम्ति
कति बलिदान दियौ तिमीले आमा
मुटुकै टुक्रा थिए नि म
पहिलो पल्ट म घर बाहिर जादा
कति तिम्रो मन रोयो होला
मलाई अलि–अलि याद आउछ
जव म कलेज फर्किन्थे
तिमी मलाई बिदाई दिनु आउथ्यौ नि !
त्यती बेला मैले कहाँ बुझे र ?
आमा !
त्यो बेलाको पढाईको लागी
अहिले आमाको लागी
तिमी सँग कहाँ बस्नु सके र म
नाती नातिनी खेलाउने
हातमा समाई फेरी हिडाउने
तिम्रा सबै इच्छा अनि सपनाहरु
कहाँ पुरा गर्न सकेर मैले आमा
जिन्दगीको यात्रामा जति नै पढे पनि
यी यसरी विदेसिनु परेको छ आज 
तर आमा !
तिमी त हरपल हरक्षण
मेरो दिलमा बस्छौ नि
तिमी म भित्र पाउछु नि
तिमी नै मेरो दिनको शुरुआत
तिमी नै मेरो दिनको अन्त
तिमी नै मेरो भगवान
तिमी नै हौ मेरो आराध्य
तिमी मेरी आमा,
तिमी मेरी आमा !

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार