आदिवासी जनजाति साहित्यकार महाँसघ गठन…..

न्यूयोर्क क्वीन्स, “साहीत्यमा आदिवासी जनजाति सौन्दर्य लेखौ । ” भन्ने नाराका साथ भेला भएको अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको भेलाले मणि बाँङदेल राईको नेतृत्वमा आदिवासी जनजाति साहित्यकार महाँसघ गठन गरेको छ । एघार सदस्यीय कार्य समितीमा उपाध्यक्ष फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिव दिलीप कुमार श्रीष , कोषाध्यक्ष मनु लोहरुङ राई चुनीएको हो । सदस्यहरुमा तारा मिलन छन्त्याल, विरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्द चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लीङ राई, अग्नी साम्पाङ राई रहेकाछन । आदिबासी जनजाति महाँसंघ अमेरीकाले साहित्यकारहरुको भेलाको समन्वय गरेका थिए । आदिवासी जनजाति महाँसघको अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चुनिएका सम्पुर्ण पदाधिकारीहरुलाई सुभकामना दिएका थिए । साहित्यकार मणी बाँङदेल अध्यक्षमा चुनिए पछि “अमेरिकामा रहदै आएका नेपाली आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यबाट कसरी मुखरित गर्न योजना बनाएर अगाडी बढ्ने” बताए । साभार: अशोक राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार