अलबिदा भेना

नरेश सुनुवार

2023 जनवरीको तेस्रो अन्तिम दिन आईतबार परेको थियो । हङकङको मौसमचिसोले निक्कै सताईरहेको थियो । चिसकै कारण मैले त्यो आईतबार घरमै बसेर दिन बिताउने निष्कर्ष निकालेँ । सायद बुढौलीले छोएर होला जाडो खप्न कठिन हुने र चिसोले प्रायः टाउँको दुुखने गर्दछ । जीवन सगिनि रबिनाले स्नेहपूर्वक जोहो गरिदिएको तातो सुप, पान र सिटामल खाएर मण्डीले बेरिएर कोठामा सुतिहरेको थिएँ । साँझ परिसकेको थियो । मोबाईलमा हेरेको भाइ श्यामले गरेको मिस कल रहेछ । कल ब्याक गरेँ ।

हेलो मलाई फोन गरेको हो, मिस कल रछ ?

श्यामहो गरेको थिएँ

केही थियो की ?

श्यामसुरेन्द्र भान्जाले फोन गर्नु भएको रहेछ, भेना सिकिस्त हुनु भयो रे, नर्सिङ होमबाट अस्पताल ल्याईसक्नु भयो रे, म यता कामबाट सिधैं रुथन्जि अस्पताल जान्छु, तपाई पनि आउनुस विरामी हेर्न जाऔं ।

ए हो ! म पनि टाउँको दुखेर सुतिरहेको छु, तिमि गएर भेट, के कस्तो अवस्था छ ? खबर गर न, म भोलि जान्छु ।

बिरामी हेरेर आएपछि श्यामले बिरामी निक्कै साह्रो भएको खबर सुनायो ।

भोलिपल्ट यानी जनवरी ३० तारिख बिहान १० बजे बिरामी हेर्न नबिन र म अस्पताल पुग्यौं । भित्र छिर्ने प्रवेशद्वारमै भान्जा सुरेन्द्र उभेर बसिराख्नु भएको रहेछ । बिरामी ४ तलाको बेड नम्बर २७ ए मा हुनुहुँदो रहेछ । हामी बिरामी भेट्न भित्र पस्यौं । बिरामीको नाक र मुखमा सास फेर्नको लागि अक्सिजन राखिएको रहेछ । आँख चिम्लेको अवस्था सास मात्र फेरिरहनु भएको थियो । हामी अमुक भएर चुपचाप हेरि रह्यौ । उहाँको रक्त चन्चार, मुटुको धडकन र शरिरको तापको अवस्था उहाँसंगै जोडेर राखिएको कम्प्यूटर स्क्रिनमा देखिन सकिन्थ्यो । बिरामीको अवस्था अति नाजुक थियो । केही बेर बसेर हामी आफ्नो काम तिर लाग्यौ

सोही दिनको करिब १ः३० बजे उहाँ स्वर्गबास भएको दुःखद खबर सुनियो । नविन र म फेरि फर्केर अस्पताल पुगेका थियौं । करिव ४ घण्टा अगाडि हामी पुग्दा त्यही बेडमा सास फेरि राख्नु भएको थियो, अहिले भेट्दा उहाँले सास फेर्न छाड्नु भएको छ । मूडा जस्तो पल्टिरहेको केवल पार्थिव शरिर ।

दृश्यले नक्कै भावुक र बिक्षिप्त बनायो । मनमा झट्का लाग्यो की, अहो ! जावो एकथान जीवन जिउन जति गार्हो छ मर्न पनि त्यति सजिलो रहेन छ। तर यस यथार्थ परिस्थितिबाट गुज्रिनुको बिकल्प र छुट पनि त कसैलाई छैन । मात्र ढिलो र छिटो, एक दिन त सबैको जीवनामा यो तितो सत्य आएरै छाड्दछ । जो पुनः जीबन फर्केर आउँदैन । त्येसो भएर होला, भनिन्छ नि एक वारको जुनीत्यसैले लाग्दछ एक बारको जुनिलाई दुरुपयोग नगरी, समालेर ढंगले जिउँनु पर्दछ । मर्नु त एक दिन छँदै छ । जो आजको पालो उहाँको परेछ ।

उहाँलाई मैले सानैदेखि चिन्दथे । उहाँ नाता साईनोले भेनाजु पर्नु हुन्थ्यो र एउटै गाउँको भएको नाताले गाउँले । पोख्रि लाउरे भनेपछि हाम्रो गाँउका सबैले उहाँलाई सम्झिन्थे र अझै पनि त्येही नामले पुकार्ने गरिन्छ । उहाँ अति मिलसार, मिजासिलो स्वाभावको, सहयोगि र समाजसेवी हुनुहुन्थ्यो । करिब १५ बर्ष बृटिश सेनामा सेवा गरेर रिटायर भएपछि सपरिवार गाँउमा बस्नु भएको थियो । गाउमा खेति किसान, पशुपालन गर्नुको साथै गाउँको बिकाश कार्य, समाज सेवा लगायतमा सहभागिता जनाउनु भयो । स्थापना कालमा गाउँको विद्यालय भवन निर्माणमा, ब्रिटिश वेलफेयरबाट प्राप्त खानेपानी योजना, झोलुङ्गे पुल निर्माण सम्पन्न गर्नको लागि खेलेको जिम्मेवारी भूमिका लगायत अन्य समाजिक कार्यमा उहाँले दिएको योगदान सम्झनायोग्य र सह्रानीय छन् । त्यो गाँउमा पशुपालनको क्षेत्रमा उन्नत जातको गाई बस्तु भित्र्याउने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो ।

साविक खिजि चण्डेस्वरी गाउँ पन्चायत वडा नं. , पुस्पते पोखरी हाल खिजिदेम्बा गाउँ पालिका वडा नम्बर ४ पुस्पते पोखरी घर भई सन १९९९ देखि हङकङमा बस्दै आउँनु भएको थियो । हङकङमा सामान्य जीवत बिताई रहनु भएको उहाँ सन् २०१५ मा पक्षघात भएर अस्पताल भर्ना हुनु भएको थियो । उक्त पक्षघातबाट स्मरण शक्ति समेत गुमाउनु भएको थियो । करिब ८ बर्षदेखि लगातार बिरामीले थला पर्नु भएको उहाँ भौतिक रूपले अव उप्रान्त हाम्रो साथ रहनु भएन । केवल सम्झनामा मात्र सिमित हुनु भयो ।

स्वर्गवास हुनु भएको करिव २ हप्तापछि १४ फेब्रवरी मंगबार २०२३ को दिन हुमहाम स्थित ग्लोबल फ्युनेरल पार्लर, तेस्रो तलाको ३१२ हलमा परिवार, ईष्टमित्र, अफन्तहरुको उपस्थितिमा अन्तिम श्रन्दान्जली अर्पण पछि डाईमन हिलको समाधि स्थलमा उहाँको अन्तष्टि तथा दह संस्कार सम्पन्न एक‍ो छ

उहाँको आत्मलाई चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु यस दुःखद घडिमा सोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।

लबिदा भेना हजुर ।

श्रद्धा सुमन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार