नेपाल च्याम्बर अफ कमर्श हङकङले १५औं बार्षिकोत्सव

गत २८ जुन २०२३, आईतबार साँझ नेपाल च्याम्बर अफ कमर्श हङकङले आफ्नो १५औं बार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रम चिम्साचुई स्थित ईन्टरकन्टिनेन्टल ग्राण्ड स्ट्यान्फोर्ड होटलमा आयोजना गरिएको थियो ।स्थापनाकालदेखि निरन्तर रुपमा मनाउँदै आएको सो कार्यक्रम महामारी कोभिटको कारण बिगत ३ बर्षदेखि स्थगित गरिएको थियो ।

कार्यक्रममा हङकङ ट्रेड डेभलोप्मेन्ट काउन्सिलका डेपुटि एक्जिक्युटिभ डाईरेक्टर प्याट्रिक लाउ, नेपाल हङकङ तथा मकाउ कन्सुलर जनरल उदय बहादुर राना, डिस्ट्रिक्ट काउन्सिलर हुङ चिउ वाह डेरेक, हेड कन्सुलेट एण्ड च्याम्बर ईङ्गेजमेन्ट ईन्भेष्ट एचकेका केसी लाम, एसिया एण्ड अफ्रिका कमिटि हङकङ जेनेरल च्याम्बर अफ कमर्शका चेयरमेन जोनाथन ल्याम्पोर्ट, काउलुन च्याम्वर अफ कमर्श युएनका चेयरमेन लोक अर्नेस्ट, पोखरा च्याम्वर अफ कमर्श एण्ड ईन्डस्ट्रि नेपालका पवन कुमार प्रजापति, रिप्रेजेन्टेटिभ अफ नेपाल च्याम्वर अफ कमर्श एण्ड ईन्डस्ट्रिका कृष्ण पाण्डे, गैह्र अवासीय नेपाली संघ हङकङका प्रेसिडेन्ट गोकर्ण ढकाल, हङकङ नेपाली महासंघका प्रेसिडेन्ट रिता गुरुङ, नेपाल एयरलाईन्स कन्ट्रि मेनेजर अरबिन्द्र प्रजापति, फेडेरेसन अफ ईन्टरनेशनल नेपाली युथ ईन्टरप्रेनरका प्रेसिडेन्ट आकाश बन्जारा, नेपाल च्याम्बर अफ कमर्शका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष डासुराम पराजुली लगायत अन्य सल्लाहकारहरु र विभिन्न उद्योग ब्यावसायीहरु लगायत करिव १०५ जनाको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम आयोजक संस्था नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष लब कुमार गुरुङको सभापतित्व रहेको औपचारिक कार्यक्रममा संस्थाका महासचिव शशि मदन राईले नेपाल च्याम्वर अफ कमर्श हङकङ बारे परिचय गराउँदै स्वागत मन्तब्य दिएको थिए ।

उपस्थित पाहुनाहरुले संयुक्त रूपमा रिबन र केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेपाली राष्ट्रिय धुन र हङकङका रष्ट्रिय धुन बजाउनुकोसाथै चिनियाँ, हङकङ र नेपालको झण्डा फहराएर प्रदर्शन गरिएको थियो ।

कार्यक्रम हङकङमा रहेका विभिन्न क्षेत्रका १२ उत्कृष्ट ब्यावसायीहरुलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउँनेहरूमा- नेपाल फाईनान्स लिमिटेड डङकङ, स्लो मियो एण्ड ना थाई रेष्टुरेन्ट एण्ड बार, बिस्ट्रोकाना रेष्टुरेन्ट एण्ड बार, ईमेज हेयर सेलुन, कम्प्युटेक एसिया ट्रेडिङ, पशुपति स्टोर ट्रेडिङ, सुमन ईन्जिनियरिङ कन्स्ट्रक्सन लिमिटेड, जि-क्लाड कन्स्ट्रक्सन लिमिटेड, सुनकोशि गोर्खा सेक्युरिटि, धर्म आटर्स् नेपाली ह्याण्डिक्राफ्ट, संस्कृति ज्वेलर्स र सनराईज ट्रभाल्स रहेका थिए।

कार्यक्रमको तेस्रो चरणमा शुभ कामना मन्तव्य रहेको थियो । डेस्कमा आशिन अतिथिहरू- मिस्टर पवन कुमार प्रजापति, लोक अर्नेस्ट, जोनाथन ल्याम्पोर्ट, मिस्टर केसी लाम, हुङ चिउ वाह, महा बाणिज्यदूत उदय बहादुर राना, प्याट्रिक लाउ लगायतले शुभ कामना मन्तब्य व्यक्त गरेका थिए । मन्तब्यको क्रममा भविष्यमा नेपाल च्याम्वर अफ कमर्श हङकङसंग सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए । मन्तब्य पश्चात पोखरा च्याम्वर अफ कमर्श एण्ड ईन्डस्ट्रिले नेपाल च्याम्बर अफ कमर्श हङकङलाई मायाको चिनो प्रदान गरेका थियो ।

अन्तमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्षले हङकङमा रहेका नेपाली व्यवसायीहरुलाई नेपाली कामदारको नितान्त आवश्यकता रहेको तर नेपाली कामदार हङकङमा ल्याउन नसक्दा उनीहरु अप्ठ्यारो अवस्थामा रहेको भन्दै हङकङ सरकारलाई आफ्नो विभागको तर्फबाट यो समस्या समाधान गर्न अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रम समापन पश्चात उपस्थित अतिथिहरूले सेम्पेन टोस्ट गरि जलपान सहित रात्रिभोजमा परिणत भएको थियो । कलाकारहरूले केही ट्रेडिसनल चाईनिज कल्चरल र नेपाली कल्चरल नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रम संचालन सोयना ढकाल र स्वेता पाण्डेले संयुक्तरुपमा गरेका थिए भने सम्पूर्ण कार्यक्रमको ब्यवस्थापन संस्थाका सचिव बरदान गुरूङले गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्श हङकङले बिगतको तुलनामा १५औं बार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।कार्यक्रममा सम्बन्धित क्षेत्रका स्वदेश तथा बिदेशका संस्थाहरूलाई समेटेको हुनाले अगामी दिनहरूमा सहकार्य गर्दै अगाडि बढ्न सम्भावना रहेको कुरा उपस्तित सहभातिहरूले बताएका छन् ।

नरेश ‘ठूले’

तस्विर: एचकेनेपाल डटकम

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार