तिमीलाई फूलहरुमा भेट्छु
तिमीलाई जूनहरुमा भेट्छु
तिमीलाई घामहरुमा भेट्छु
लहराइरहेको छालहरुमा भेट्छु
तिमी बिलय भएर पनि हृदयहरुमा छौ
बिजुली झैँ आकाशमा केही चम्किएको आभाष हुन्छ
पानी जस्तो आँखामा केही छछल्किरहेको प्रतीत हुन्छ
कहाँ हो कहाँ पहरा जस्तो
अनौठो गरि यो छाती किन सुसाईरहेको अनुभुत हुन्छ
तिमी बिलय भए पछि
माउ बिनाको चल्ला भएका छौ
भोक हराएको छ
तिर्खा हराएको छ
निद हराएको छ
तर पनि तिमी
लाग्छ हाम्रै वरिपरि छौ
हाम्रो दृश्य भरीभरी छौ ।
यद्यपि अब त…
म मेरो कमजोर हृदयलाई कठोर बनाउछु
त्यो बिचारको यात्री
त्यो सपनाको यात्री
आज सपनाकै संसारमा बिलिन भएपछि
सम्झना मात्रै छ जिन्दगीमा
र यै जिन्दगीको अन्त्य यहि कहिँ छ जस्तो लाग्छ
तिमीलाई सदा सम्झनाको पुष्पाञ्जली ।
-स्व.किसन राई प्रति समर्पित कविता-
कवि सुनिता गिरी हङकङ साहित्यिक साझा श्रृंखलाकी पूर्वसंयोजक एवं सल्लाहकार हुन भने उनको ‘माईत जाने बाटो’ तथा यसैको दोस्रो संस्करण कविता संग्रह समेत हङकङबाटै प्रकाशन भइसकेको छ भने स्वर्गिय किसन राईद्वारा स्थापित “नेपाली भाषा तथा साहित्य परिषद हङकङ” बाट पारिजात स्मृति दिवस २०१८ मा “माइत जाने बाटो” कविता कृतिले डा.खगेन्द्र सङ्रौलाको बाहुलीबाट पारिजात पुरस्कार समेत प्राप्त गरेको थियो।