गौरी तमूको ‘सैँप्रोल’ हङकङमा विमोचित

  टोपबहादुर याक्खा

७ जनवरी, हङकङ– सामाजिक संगै साहित्यिक यात्राको क्रममा हङकङ आइपुुग्नु भएकी नेपाल, पोखरा निवासी कवि तथा साहित्यकार गौरी तमूको पछिल्लो कविता कृति ‘सैँप्रोल’ को आइतबार जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा ‘विमोचन तथा परिचर्चा कार्यक्रम’ सम्पन्न भयो ।
आयोजक हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक एवं कार्यक्रमका सभापति जुनू राना, साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, याउ चि मोङ डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायत अन्य सह–आयोजक संघसंस्थाहरु क्रमशः तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मान बहादुर गुरुङ, तमु ट्हो ह्युल हङकङका सह–सचिव राजपति तमु (गुरुङ), तमु समाज हङकङका अध्यक्ष नरेन्द्र गुरुङ र प्रदेश नं.१ गुरुङ समाज हङकङका अध्यक्ष हेमप्रताम गुरुङ लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुद्धारा सामूहिक रुपमा विमोचन गरिएको उक्त कृतिमाथि कवि तथा साहित्यकारद्धय बज्र कुमार राई र जानु काम्बाङ लिम्बुले समीक्षा राखेका थिए ।
साहित्य श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा साहित्य श्रृंखलाका निवर्तमान संयोजक एर्व वर्तमान सल्लाहकार रमण गुरुङले श्वागत मन्तब्य राखेका थिए । साहित्यकारद्धय बालिका बान्तावा र सुन्दर गुरुङद्धारा विमोचित कृति भित्रका कविताहरु वाचन गरेका थिए भने दाजु गुरुङ, हेम प्रताप गुरुङ, मान बहादुर गुरुङ, राजपति तमु (गुरुङ), नरेन्द्र गुरुङ लगायतका विशेष अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
पूर्व संचारकर्मी एवं गुरुङ साहित्यिक मञ्च नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी तमूको ‘सैँप्रोल’ कविता कृति भित्र ६ दर्जन बढि लामा छोटा कविताहरु पढ्न पाइनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार