चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा अति भारी…..

काठमाडौं -    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडी कल्यानपुरको केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको छ । यो समाचार तयार पार्दासम्म उक्त मापन केन्द्र आसपास क्षेत्रमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यसैगरी परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा ...

उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम…..

गुल्मी -     नेपाल मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आजबाट पानी पर्न कम हुने जनाएको छ । तर पश्चिमी भूभागमा भने आज र भोलि पनि वर्षा निरन्तर हुने सम्भावना रहेको विभागले जनाएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट क्रमश: पश्चिमतिर सर्दै गएकाले पश्चिमको तुलनामा पूर्वी भागमा वर्षाको मात्रा कम हुँदै गएको मौसमविद रोजन लामिछानेले जानकारी दिए । पूर्वमा बादल ...

१२ वर्षपछि नेपालले अफगानिस्तानसँग एसियन गेम्समै लियो बदला…..

काठमाडौं –     सन् २०१४ को इन्चोन एसियाली खेलकुद। क्वाटरफाइनलमा अफगानिस्तानले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल ८ रनले चुकेको त्यो क्षण नेपाली क्रिकेट प्रशंसकका लागि अझै पनि एउटा नमीठो घाउ बनिरहेको थियो । त्यही एक हारले नेपाललाई पदकको ऐतिहासिक सम्भावनाबाट टाढा धकेलेको थियो । तर, ठीक १२ वर्षपछि एसियाली खेलकुदकै मञ्चमा इतिहास दोहोरिएन, बरु रचियो । एसियाली खेलकुद अन्तर्गतको बहुप्रति...

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना…..

काठमाडौं -      काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरुले बताएका छन् । मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ । निरन्तरको भरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएका...

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध…..

काभ्रेपलाञ्चोक -     अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । उनका अनुसार वर्षा भइ...

बालेनले राष्ट्रसंघमा  दिवासत्रको १७ औं नम्बरमा सम्बोधन…..

न्युयोर्क (अमेरिका) -      प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे । प्रधानमन्त्री शाहको ट...

वर्षाको क्षेत्र र मात्रा आज झन् बढ्ने सम्भावना…..

काठमाडौं -     बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ । यो समाचार तयार पार्दासम्म पाल्पाको बल्ड्याङगढीमा वर्षा मापन केन्द्रमा १२८.६ मिलिम...

टेताङ्छे गाउँलाई बाढीले त छोएन, तर चुल्हो बल्न छोड्यो…..

काठमाडौं -     रसुवा आमाछोदिङमो गाउँपालिका–५ टेताङ्छेका सेलकार तामाङको ७ जनाको परिवार छ । १० भदौको भोटेकोशी बाढीले सडक सम्पर्क टुटेपछि टेताङ्छेमा खाद्यान्न पुगेको छैन । अहिले सेलकारको चुल्हो बल्न छाडेको छ । नुन, तेल, चामल सकियो,’ उनले भने, ‘सिस्नु र आलु खाएर बाँचेका छौँ । यो समस्या उनले मात्र होइन, पूरै गाउँले भोग्नु परेको छ । ‘१०–१२ जनाको परिवार हुन्छ । पैसा भएर पनि किन्न पाइने अवस्था छैन । चुल्ह...

बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी…..

स्याफ्रुबेसी (रसुवा) -       विनाशकारी बाढी गएको २७ दिनपछि सोमबार स्याफ्रुबेसीका फुर्वामाया तामाङ र कान्छी तामाङ भोटेकोसी तर्दै थिए। बाढीले पुलहरू बगाएपछि उनीहरू स्याफ्रुपारि अर्थात् भोटेकोसीको पश्चिमतर्फ थुनिएका थिए। तर गत साता (२९ भदौमा) सुरक्षा निकाय र स्थानीयको पहलमा भोटेकोसीमा तुइन सञ्चालनमा आएपछि उनीहरूलाई केही सहज भएको छ। अनलाइनखबरको टोली त्यहाँ पुग्दा फुर्वामाया र कान्छी तामाङ पालैपालो तुइ...

प्रतिनिधिसभाको बैठक बस्दै…..

काठमाडौँ -    प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन सम...

आगलागीमा काभ्रेका २५ वर्षीय बस चालक दावा लामा गम्भीर घाइते…..

काठमाडौं -      काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ । लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीह...

रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना…..

काठमाडौं -     नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो । सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्...