बोलेजति लगानी आउँदैन किन?…..

काठमाडौँ — स्वदेशी तथा विदेशी लगानी भित्र्याउन भन्दै सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । तर पहिलो ‘लगानी सम्मेलन–२०१७’ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले १४ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको आशयपत्र बुझाए पनि अहिलेसम्म ३ खर्ब ३५ करोड ४७ लाख रुपैयाँ मात्रै भित्रिएको लगानी बोर्डले जनाएको छ । दोस्रो ‘लगानी सम्मेलन–२०१९’ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बर...

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार…..

काठमाडौँ — वायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको अभियोगमा एक पूर्वमन्त्री, दुई पूर्वसचिव र बहालवाला एक सहसचिवसहित ३२ विरुद्ध डेढ अर्ब रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव शंकरप्रसाद अधिकारी र शिशिरकुमार ढुंगाना, बहालवाला सहसचिव बुद्धिसागर लामिछाने, पूर्वसहसचिव जीवनप्रकाश ...

मन्त्रीहरूलाई कडाइ, अब प्रधानमन्त्रीलाई दैनिक ब्रिफिङको व्यवस्था…..

काठमाडौँ -   अबदेखि सङ्घीय मन्त्रीह्ररुले प्रत्येक दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो कामबारे ब्रिफिङ गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रत्येक मन्त्रीले प्रत्येक दिनको साँझ ब्रिफिङ गर्नुपर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिएका राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रत्येक मन्त्रीले हरेक दिन...

मेलम्ची मुहान सार्नु नै अन्तिम विकल्प…..

काठमाडौँ — बाढीपहिरोबाट क्षतिग्रत सिन्धुपाल्चोकको हेलम्बुमा अवस्थित हालको मुहान भन्दा करिब एक किमि ‘टावर इन्टेक’ बनाए मात्र उपत्यकावासीले मेलम्चीको खानेपानी नियमित रुपमा पिउन पाउने सुझाव विज्ञहरुले दिएका छन् । मेलम्ची मुहानलाई अझै बाढीको खतरा रहेको भन्दै उनीहरुले स्थायी समाधानका लागि मुहान सार्नुको विकल्प नभएको उनीहरूको धारणा छ । मेलम्चीको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडीबी) को अध्ययनको आधारमा ...

ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन…..

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् । सहकारीको रकम अपचलन...

बिहान कमाएर बेलुकाको छाक टार्ने उमाशंकर छुट्ने कि थुनिने अन्योलमा…..

काठमाडौँ — ‘कानुनको नौ सिङ’ भन्ने उखान उमाशंकर रायभरले सुनेका छैनन् तर त्यसको प्रहारले दिएको पीडाले भने वर्षौंदेखि आहत छन् । बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने अवस्थाका रायभरविरुद्ध सरकारले झन्डै २८ करोड रुपैयाँ बिगोसहितको राजस्व छलीको फौजदारी मुद्दा दायर गरेको छ । उनी उच्च अदालत पाटनमा मुद्दाको अन्तिम बहस सुन्न थातथलो बारा परवानीपुरदेखि काठमाडौं आएर इजलासमा दिनभरि बस्न थालेको पाँच दिन भइसकेको छ...

यसरी हुँदै छ ग्वार्को फ्लाइओभरको काम…..

काठमाडौँ — धेरै सवारी साधन ओहोरदोहोर गर्ने ग्वार्कोमा चार लेन सडक बन्द गरेर फ्लाइओभर निर्माण भइरहेको छ । अहिले फ्लाइओभरको दुवैतर्फ रहने पहुँमार्गमा माटो (फिल) भर्ने काम भइरहेको छ । कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरमा माटो फिल गर्नु पर्ने छ । त्यहीअनुसार माटो भर्ने काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रकी साइट इन्चार्ज इन्जिनियर प्रियंका झाले बताइन् । फ्लाइओ...

रेशम र रञ्जिताको लडाइँ, उन्मुक्ति पार्टीको मिचाइ…..

धनगढी — सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन् । पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भन...

कसुर ठहर भएको ३८ वर्षपछि अर्कै व्यक्ति पक्राउ, क्षतिपूर्तिबारे मौन…..

काठमाडौँ, सिन्धुपाल्चोक — एउटाको कसुरमा अरु कसैलाई राज्यले थुन्यो भने के हुन्छ ? विधिशास्त्रको सामान्य नियमले भन्छ– राज्यले निज निर्दोषमाथि अपराध गरेको ठहर्छ । सिन्धुपाल्चोक सिपा गाउँका एक वृद्धविरुद्ध राज्यले हालै यस्तै काम गरेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार उनलाई जेल मुक्त गरेको छ । अठ्तिस वर्षअघि मानव बेचबिखन मुद्दामा अदालतले प्रतिवादी काले सार्कीलाई दोषी ठहर गरी कैद सजाय तोकेको थियो । तर,...

तत्कालीन सीडीओ दाहालले दिएका थिए नेपालभर बोक्न पाउने हतियारको लाइसेन्स…..

काठमाडौँ -   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन गरिरहेको छ । छानबिन समितिको संयोजन सहसचिव राजेन्द्रदेव पाण्डेले गरेका छन् । समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । उपसचिव एकदेव अधिकारी सदस्य–सचिव छन् । प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र (लाइसेन्स) लिएका हुन् । उनले...

सहकारी मुद्दा सत्ताको ढोक्सामा बिसाउने कांग्रेस रणनीति…..

काठमाडौँ — सहकारीको बचत अपचलन गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागमा प्रमुख प्रतिपक्षी कांग्रेस लचक भएको छ । समिति नबने आइतबारदेखि संसद्को कारबाही अवरुद्ध गर्नेसम्मको चेतावनी दिएको कांग्रेसले हाललाई गृहमन्त्री लामिछाने संलग्न कार्यसूचीबाहेकका संसदीय कामकारबाहीमा अवरोध नगर्ने नीति लिएको हो । पछिल्लो समय संसदीय समितिको मागलाई लिएर प्रतिनिधिसभा बैठक अवरोध ...

निजामती प्रशासनमाथि शिक्षामन्त्रीको अविश्वास…..

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महाशाखा, शाखा र मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी प्रशिक्षार्थी कर्मचारी खटाउने भएको छ । यसका लागि शिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत गरेकी छन् । कार्यविधिमा उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका र...