सहकारी मुद्दा सत्ताको ढोक्सामा बिसाउने कांग्रेस रणनीति…..

काठमाडौँ — सहकारीको बचत अपचलन गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागमा प्रमुख प्रतिपक्षी कांग्रेस लचक भएको छ । समिति नबने आइतबारदेखि संसद्को कारबाही अवरुद्ध गर्नेसम्मको चेतावनी दिएको कांग्रेसले हाललाई गृहमन्त्री लामिछाने संलग्न कार्यसूचीबाहेकका संसदीय कामकारबाहीमा अवरोध नगर्ने नीति लिएको हो । पछिल्लो समय संसदीय समितिको मागलाई लिएर प्रतिनिधिसभा बैठक अवरोध ...

निजामती प्रशासनमाथि शिक्षामन्त्रीको अविश्वास…..

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महाशाखा, शाखा र मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी प्रशिक्षार्थी कर्मचारी खटाउने भएको छ । यसका लागि शिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत गरेकी छन् । कार्यविधिमा उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका र...

भ्रष्टाचार ठहरपछि पनि सम्मान,सांसद पद निलम्बन फुकुवा…..

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार कसुरमा सजाय गरेको नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश सर्वोच्च अदालतले गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको शुक्रबार बसेको संयुक्त इजलासले गुरुङमाथि भएको निलम्बन फुकुवा हुने आदेश गरेसँगै न्यायिक वृत्तमा यसको आलोचना भएको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भ...

आजदेखि एसईई परीक्षा, ५ लाख परीक्षार्थी सहभागी…..

काठमाडौँ — यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहि...

अलमलमा अख्तियार, ओझेलमा टेरामक्स…..

काठमाडौँ — दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता आरोप लागेका बहालवाला मुख्यसचिव, सचिवदेखि तत्कालीन मन्त्रीसम्मका व्यक्तिविरुद्धको अनुसन्धान टुंगिए पनि मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलमल गरेको छ । टेरामक्स प्रकरणमा करिब एक वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारका प्रमुख प्रेमकुमार राई १५ फागुनमा संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएर निष्कर्ष आउनै लाग...

प्रदेश भागबन्डा सहमति नजिक…..

काठमाडौँ — सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन...

भारतको आनाकानीले उद्योग र पछि सर्वसाधारण लोडसेडिङमा पर्ने जोखिम…..

काठमाडौँ — सुक्खायाममा नेपाललाई अपुग विद्युत् आयातका लागि भारतले अनुमति नवीकरण नगरिदिँदा लोडसेडिङको जोखिम बढेको छ । भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ तर यसपालि तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार ख...

भूकम्पपीडितले ४ महिनादेखि पाएनन् आवासको रकम…..

सुर्खेत — भूकम्प गएको झन्डै साढे चार महिना बितिसक्दा पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको रकम पाउन सकेका छैनन् । पहिलो किस्ता पाएका कतिपयले पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।  केहीले त आफूसँग पैसा नभएपछि कर्जा लिएरै पनि टहरा बनाएका छन्,’ नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले भने, ‘अहिले दोस्रो किस्ताको रकम माग्दै वडा कार्यालय आउने...

आज होली पर्व, मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउछ…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिन...

मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु…..

काठमाडौँ — मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद...

चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार…..

काठमाडौँ — चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधान...

सञ्चारमाध्यम र नागरिक अभिव्यक्तिमाथि गृहमन्त्रीको वक्रदृष्टि…..

काठमाडौँ — सरकारले छापा र न्युज पोर्टलसहित सञ्चारमाध्यम र नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरीय निर्णय भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाउन तयार पारेको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएको थियो, सर्वत्र विरोध भएपछि सरकार तत्काल पछि हटेको छ । छापा र न्युज पोर्टलमा प्रकाशित समाचारमाथि प्रहरील...