आज होली पर्व, मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउछ…..

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिन...

मस्को कन्सर्टमा आक्रमण, १ सय ३३ को मृत्यु…..

काठमाडौँ — मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद...

चिनियाँ आपराधिक समूहको जालोमा परेका १३ नेपालीको म्यान्मारबाट उद्धार…..

काठमाडौँ — चिनियाँ आपराधिक समूहको जालोमा परेर म्यान्मार पुगेका १३ नेपालीको उद्धार गरिएको छ । म्यान्मारको विकट गाउँ पुर्‍याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । चिनियाँ आपराधिक समूहको फन्दामा लामो समयदेखि परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधान...

सञ्चारमाध्यम र नागरिक अभिव्यक्तिमाथि गृहमन्त्रीको वक्रदृष्टि…..

काठमाडौँ — सरकारले छापा र न्युज पोर्टलसहित सञ्चारमाध्यम र नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरीय निर्णय भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाउन तयार पारेको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएको थियो, सर्वत्र विरोध भएपछि सरकार तत्काल पछि हटेको छ । छापा र न्युज पोर्टलमा प्रकाशित समाचारमाथि प्रहरील...

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरी दाजुभाइसँग बयान लिने तयारी…..

काठमाडौँ -   काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका ३ दाजुभाइ नै अनुसन्धानको दायरामा आएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधवार वसन्त चौधरीलाई घटना विवरण कागज गराएको छ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको मुद्दामा उनलाई घटना विवरण कागज गराइएको सीआईबीका एआईजी श्यामल...

५ महिनामा १७ हजार दुर्घटना, ९ सयको मृत्यु…..

काठमाडौँ — एक्कासि आइपरेको बज्रपातको खबरले सिस्ने गाउँपालिका–६ रुमालबाराकी रश्मी परियारलाई संसारै खसेजस्तो भएको छ । गत सोमबार साँझ ५ बजेतिर बागलुङको निसीखोला–६ जाउलेपानीमा रुकुम पश्चिमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये एक थिए उनका छोरा विक्रम परियार । ६ वर्षयता रुकुम पूर्वमा सक्रिय पत्रकारको परिचय बनाएका विक्रमको देहान्तपछि परिवार, आफन्त र सहकर्मी गहिरो शोकमा छन् । १० ...

रुस-युक्रेन युद्धमा थप १५ नेपालीको मृत्यु…..

काठमाडौँ — रुसी सेनामा भर्ती भएका थप १५ नेपालीको मृत्यु भएको छ । मृत्यु भएका ती नेपाली नागरिकको शव पहिचान र ‘जेनेटिक टेस्टिङ’ का लागि निकट पारिवारिक सदस्यको डीएनए नमुना पठाइन दिन रुसले नेपाल सरकारलाई आग्रह गरेको छ । मृत्यु भएका ती १५ जना पाँच महिनायता परिवारको सम्पर्कमा थिएनन् । रुस सरकारले आधिकारिक मृत्यु प्रमाणपत्र जारी नगरेसम्म परराष्ट्र मन्त्रालयले मृत्यु हुने नेपालीको पहिचान पुष्टि गर्ने गरेक...

६ हजारमा बन्दुक लाइसेन्स, ४ हजारमा नवीकरण…..

काठमाडौँ — ‘श्रीमान्, पहिले सुरक्षाको प्रत्याभूति होस्,’ अधिवक्ता ओमप्रकाश अर्यालले मंगलबार बहस सुरु गर्नुअघि सर्वोच्चको इजलासमा सर्त राखे, ‘प्रतिवादीका तर्फबाट बोलेबापत हमला हुँदैन भन्ने के ग्यारेन्टी छ ? त्यसको सुनिश्चय जरुरी भएको छ ।’अर्यालले यसो भन्नाको कारण थियो, सर्वोच्च अदालतमा हतियारसहित प्रवेश गर्न खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रयास । सोमबार सर्वोच्च परिसरमा खानतलासी गर्दा प्र...

सुन–शासनले राजनीतिक अवसान…..

काठमाडौँ — सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका छन् । छोरा राहुल विद्युतीय चुरोट (भेप) मा राखी गरिएको ९ किलो सुन तस्करीमा गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् । भेपमा राखी गरिएको ९ किलो सुन तस्करीमा जोडिएका महराको ‘कनेक्सन’ ब्रेक–सुमा राखेर ल्याइएको ६१ किलो र विमा...

हङकङमा ‘किरात कोंइच मुईली मुक्दुम’ तथा ‘मुक्दुमको सेरोफेरो’ बिमोचन सम्पन्न

बगैंचा डटकम हङकङ, गत १० मार्च २०२४ आईतबारको दिन लेखक तथा खोज अनुसन्धान कर्ता अतीत मुखिया (ईकिसु)द्वारा लिखित ‘किरात कोईच मुईली मुक्दुम' (दोश्रो सस्करण) तथा 'मुक्दुमको सेरोफेरो' पुस्तक बिमोचन कार्यक्रम काउलनको जोर्डन स्थित बगैँचा रेष्टुरेण्ट एण्ड बारमा सम्पन्न  गरिएको थियो ।  सुनुवार समाज हङकङ द्वारा प्रकाशित उक्त पुस्तक बिमोचन कार्यक्रमको सभापतित्व सुनुवार समाज हङकङ अध्यक्ष श्याम कर्ण सुनुवा...

सुन तस्करीमा तत्काल कारबाही गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन…..

काठमाडौँ — सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका छन् । जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् । साउन २ मा ब्रेक सुम...

सुप्रिमको ७८ करोड ठगी प्रकरण दीपेश पुनमाथि अनुसन्धान सुरु…..

बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका पूर्वसचिव दीपेश पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । सहकारीमा कोषाध्यक्ष र सचिवका रूपमा व्यवस्थापनको जिम्मेवारीमा रहेकाले उनी अनुसन्धानमा तानिएका हुन् । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । पीडितले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई र सचिव पुनलाई पक्राउ...