काठमाडौँ - सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपद्को ...
समाचार
काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ…..
काठमाडौं - रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि ब...
रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला…..
काठमाडौं - रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ। त्यस्तै बाढीका कारण विभिन्न अस्पता...
भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी…..
काठमाडौं - रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् । बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् । प्रहरीका अनुसार रसु...
२९१ विदेशीसहित ३८४ पर्यटक तथा पदयात्री बेपत्ता…..
काठमाडौँ - रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीका कारण ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदन अनुसार, हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीहरूको अवस्था अज्ञात रहेको छ । बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक भीषण बाढी आएको थियो । बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाल...
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन…..
काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् । बाढी पहिरोका कारण दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाका...
रसुवा बाढीले त्रिशूली बजार क्षणभरमै बगर…..
रसुवा - चीनको तिब्बत क्षेत्रबाट अप्रत्यासित रूपमा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारका बस्ती र बजारहरू बगरमा परिणत भएका छन् । बाढीले भन्सार कार्यालय, अध्यागमन कार्यालय, सडक, पुल, जलविद्युत् आयोजना, प्रहरी चौकी, गाउँपालिका कार्यालय, वडा कार्यालय, सरकारी कार्यालय बगाएको छ । सयौं सवारी साधन र नदी किनारका वासिन्दाको घरखेत बाढीसँगै बगेका छन् । यहाँका कतिपय स्थानीयदेखि आगन्तुक पर्यटक...
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान…..
काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धा...
रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द…..
काठमाडौं - रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत...
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह…..
काठमाडौं - रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए । तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए । उनले अनलाइनखबरसँग भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका...
ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्…..
काठमाडौं - अध्यक्ष केपी शर्मा ओलीको असहमति भएका कारण एमाले पुनगर्ठन सुझाव संकलन कार्यदलको प्रतिवेदन कार्यान्वयनमा जान सकेको छैन । एमाले सचिवालयले गठन गरेको कार्यदलले महासचिव शंकर पोखरेललाई देशभर संकलन भएको सुझाव समेटेर प्रतिवेदन लेख्ने जिम्मा दिएको थियो । जसअनुसार ६५ पृष्ठको प्रतिवेदन महासचिव पोखरेलले कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएका छन् । थापा मार्फत प्रतिवेदन हेरेपछि रिसाएका ओलीले प...
निजी यात्रामा आएका प्रधानमन्त्रीसँग भेट्न पाएनन् मुस्ताङीले…..
पोखरा - प्रधानमन्त्री बालेन शाहलाई स्वागत गर्न शनिबार जोमसोमको ओम्स होटल बाहिर स्थानीयहरू हातमा खादा लिएर बसेका थिए । तर, स्वागतका लागि बसेका पुथाङ आमा समूहका महिलाहरूलाई छलेर प्रधानमन्त्री बालेन पछाडिको ढोकाबाट होटलभित्र छिरे । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि उनीहरू केहीबेर बाहिर उभिएर फर्किए । मुस्ताङमा पाहुनालाई खादा लगाइदिएर स्वागत गर्ने प्रचलन छ । प्रधानमन्त्रीको स्वागतमा बसेका महिलाहरू भ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 466
- Next Page »















