पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ…..

काठमाडौं –     पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ परेका छन् । पक्राउको कारणबारे विस्तृत विवरण खुलाइएको छैन । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘शासकीय मामिला एवं न्यायिक कामकारबाहीमा चलखेल गरेको’ आरोपमा उनका बारेमा निरन्तर गुनासो र उजुरी परिरहेको थियो । सूत्रहरूका अनुसार, जबराको सक्रियता दुई खालको थियो । पहिलो, आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर उनले भावी कुनै पदका लागि महत्त्वाकांक्षा देखाउन थालेका थिए । अर्कोतर्फ, अदालतमा विचाराधीन मुद्दाहरूमा ‘रुचि र चासो’ देखाएर सक्रिय बनेका थिए । जबरा प्रधानन्यायाधीश हुँदा न्यायिक वृत्तमा सक्रिय बनेका व्यक्तिहरू संवेदनशील मुद्दाका व्यक्तिहरू र जबरालाई निरन्तर भेट्न थालेका थिए । सूचना संयन्त्रहरूले समेत बाँसबारीस्थित जबरा निवासमा आवतजावत बढेपछि निगरानी बढाएको थियो’ गृहमन्त्रालय सम्बद्ध स्रोतका अनुसार, ‘त्यसपछि जबरामाथिको निगरानी झनै बढेको थियो । खासगरी, डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि जबराले निकै सक्रियता बढाएको र बाँसबारीस्थित निवासबाटै राजनीतिक एवं न्यायिक चलखेल गरेको भन्ने आरोप उनीमाथि थियो । शर्मालाई प्रधानन्यायाधीश बनाउन आफूले भूमिका खेलेको बताउँदै आएका पूर्वप्रधानन्यायाधीश जबराले आफूलाई भेट्न आउनेहरूसँग ‘कसैलाई अप्ठेरो परेको भए सहजीकरण गरिदिने’ बताउने गरेका थिए । स्रोतहरूका अनुसार, नेपाल दुरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणको फैसला, वीरगञ्जका मेयर राजेशमानसिंहको सफाइ लगायतका मुद्दाको सुनुवाइअघि जबराले सरोकारवालाहरू भेटेका थिए । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, दुई साता अघि मात्रै विशेष अदालतका तीन न्यायाधीशहरू नारायण पौडेल, उमेश कोइराला र विदुर कोइरालाले प्रधानन्यायाधीश डा. शर्मा सहित सर्वोच्च अदालतका केही न्यायाधीशहरुलाई भेटेर ‘विशेष अदालतमा काम गर्ने वातावरण पटक्कै नभएको’ भनी गुनासो गरेका थिए । त्यो सूचना तत्काल प्रधानमन्त्री बालेन शाहको सचिवालयमा पुगेको थियो’ सर्वोच्च अदालत उच्च स्रोत भन्छ, ‘उनी पक्राउ हुनुमा न्यायपालिकाभित्रको सक्रियता मात्रै त कारण होइन, राजनीतिक महत्वाकांक्षा सहित अदालती कामकारवाहीमा समेत अस्वभाविक चासो बढाएपछि एकाएक पक्राउ परेको देखिन्छ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रममा सहभागी भएर फर्केको केही घण्टामै जबरा पक्राउ परेका हुन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार