काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा ...
समाचार
जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा प्रवेश…..
काठमाडौं - चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भ...
लोकतन्त्र सिध्याउने गरी २३ र २४ भदौमा प्रतिगामी षडयन्त्र भयो…..
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र२४ भदौमा प्रतिगामी षडयन्त्र भएको बताएका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्र...
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ…..
काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो । शुक्रबार उनलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागी पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । हात्तीगौंडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको ८ करोड ...
भेनेजुएलामा भूकम्पमा परी मृतकको संख्या १८८ पुग्यो…..
काठमाडौं - भेनेजुएलाको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । अधिकारीहरूका अनुसार दुई सयभन्दा बढी मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ । हजारौं मानिस सम्पर्कविहीन छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समय अनुसार बुधबार बेलुका ४० सेकेण्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए । भूकम्पबाट...
बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश…..
काठमाडौं - बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटमै गोल फर्काउँदै स्वीडेन खेलमा फर्कियो । स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे । जापा...
फिफाबाट निलम्बनमा पर्यो एन्फा…..
काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्र...
भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका…..
काठमाडौं - दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० सेकेन्डभित्र दोस्रो तथा अझ शक्तिशाली भूकम्प गए...
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान…..
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६ हजार नागरिक विपद्को जोखिममा रहेका छन्। असार ५ गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझै पनि त्यहीँ कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप...
घानासँग इंग्ल्यान्डको निराशाजनक बराबरी…..
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो । पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको यो तेस्रो...
मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना…..
काठमाडौं - मौसमविदले लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना रहेको जनाएका छन् । मनसुन नेपाल भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ । कम्तिमा बिहीबारसम्म उल्लेखनीय वर्षा नहुने अनुमान गर्दै मौसमविद उज्वल उपाध्याय भन्छन्, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरुमा वर्षाको सम्भावना अत्यन्त ...
विष्णु पौडेल सोमबार साँझ पक्राउ…..
काठमाडौँ - पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौँ ल्याइँदै छ । पौडेल सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई नेपालगञ्ज हुँदै हवाई मार्गबाट काठमाडौँ पठाउन खोजिए पनि उडान बन्द भइसकेकाले सडक मार्गबाट काठमाडौँ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । पौडेललाई इन्स्पेक्टर श्याम प्रसाद यादव नेतृत्वको ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 458
- Next Page »
















