हिमचट्टान अझै भत्किने जोखिम छ…..

काठमाडौं -    नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। सीसीटीभीका अनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रक...

रसुवा बाढीका कारण मृत्यु भएका मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए…..

काठमाडौं -    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ । यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव...

११ वर्षदेखि सिंहदरबारले सुनेन खाल्टेको याचना, अहिले बाढीले बगायो…..

धन्चे (रसुवा) -      उत्तरगया गाउँपालिका-५ खाल्टेका छेकु लामालाई बुधबार बिहानको घटना राम्ररी सम्झनामा पनि छैन । सम्झेर सुनाउने पनि कति । ‘के सम्झने के सुनाउने ?,’ उनी थकित र निराश थिए । यद्यपि अनलाइनखबरको टोलीसँग उनले सकेसम्म १० भदौमा भएका घटना सुनाए । उनी बोलिरहँदा पीडा र आक्रोश दुवै थियो । त्यसदिन उनी सधैं जस्तै मजदुरीमा निस्किएका थिए, पहरेबेसीतिर । टिम्बुरेका एक जना साथीले फोन गरेर डरलाग्दो बाढ...

बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव…..

काठमाडौं -     नुवाकोटको विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए। उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै क...

बाढीमा ज्यान गुमाएका ९३९ जनाको शव फेला…..

काठमाडौं -     प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जना नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। विपद्को छैटौं दिन सोमबार सामाजिक सञ्जालमार्फत वस्तुस्थिति सार्वजनिक गर्दै उनले बाढीमा ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्। सम्पर्कविहीन हुनेहरूको संख्या भने लगातार घटबढ भइरहेको छ। प्रभावित क्ष...

रसुवा बाढीले खोस्यो नौखोर गाउँको खुसी…..

गोरखा -    गाउँभरि सन्नाटा छ । एक अर्कालाई सहानुभूति दिने प्रयास गर्छन्, शब्द पाउँदैनन् । अनायसै आँखा रसाउँछन्, अनि भक्कानिन्छन् । गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका एकै गाउँका ३२ जना रसुवा बाढीमा परी सम्पर्कविहीन बनेपछि पोरखा पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोर गाउँ शोकमा डुबेको छ । गत बुधबारको भोटेकोशी बाढीले गाउँको खुसी लुट्यो । कसैले अभिभावक गुमाए, कसैले बुढेसकालको सहारा । जुनामाया पण्डित...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना…..

काठमाडौं -     जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी ...

ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार…..

नुवाकोट-     रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुर्‍यायो। लेदो र गेग्रानसहित आएको भीषण बाढीले हराभरा बस्तीहरू क्षणभरमा खण्डहर बनाइदियो। बगेका भौतिक संरचना र बेपत्ता नागरिकको यकिन तथ्यांक आउन सकेको छैन। अहिलेसम्मको तथ्यांकअनुसार नेपालसहित करिब ३३ देशका करिब ३ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको भनिएको छ। यो संख्या अझै बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ...

तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे…..

बेइजिङ -     तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेहरूमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार १०४ जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्। विदेशी नागरिकहरूको विवरण: चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनु...

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा…..

काठमाडौं -     पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्लाका केही ठाउँका साथै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । कञ्चनपुरमा शनिबारदेखि बिहानसम्म वर्षा भइरहेको छ । यस्तै, धादिङ र...

पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन…..

काठमाडौं -    रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ। यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थि...

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन…..

काठमाडौं -     बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् । १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए । बोर...