विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनले सोमबार उग्र रूप लिएको छ । आइतबार रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले सोमबार सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन् । कप्तानगञ्जमा आइतबार दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानग...
समाचार
बेलगाम सांसद, प्रश्न सोध्ने नागरिकलाई उल्टै धाकधम्की…..
काठमाडौं - सांसदहरू नागरिकका आवाज सुन्न निर्वाचन क्षेत्र जान्छन् । मन्त्रीहरू देशैभर अनुगमनमा पुग्छन् । यो स्वाभाविक र आवश्यक प्रक्रिया हो । तर कतिपय सांसदहरू नागरिकका प्रश्नको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गर्छन् । धम्क्याउँछन् । सरकारी कर्मचारीलाई समेत हप्कीदप्की गर्छन् । यसको पछिल्लो उदाहरण हो– रास्वपा सांसद केपी खनालको ‘जाक्दिने’ धम्की । भिडियोमा सांसद खनाल औंला ठड्याउँदै ‘कल्ले भन्य...
दुई पक्षबीचको झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु…..
विराटनगर - सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जार...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज…..
काठमाडौं - नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिँदैछ । निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो सुरुङमार्गलाई नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्...
सत्ताले फेरि जुटायो वाम…..
काठमाडौं - नेपाली कांग्रेसले प्रदेश सरकारहरूमा नेकपा एमालेसँग सत्ता सहकार्य तोड्ने निष्कर्ष लिएको एक सातापछि वाम सहकार्यको तीन बुँदे सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी सत्ता सहकार्यको निर्णय सार्वजनिक गरेका छन् । सहमति बमोजिम कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्न...
जेनजी आन्दोलनसामु झुक्यो मोदी सरकार…..
काठमाडौं - भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टी(सीजेपी) को प्रदर्शन चलिरहेको थियो। नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन भइरहेका थिए। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले के भने ?: धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले प्रधानमन्त्र...
एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने, ६ वर्षमा ६० प्रतिशत मात्रै काम…..
गुल्मी - गुल्मी जिल्लाको इस्मा गाउँपालिका-५ स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल निर्माण कार्य सम्झौता भएको करिब ६ वर्ष बितिसक्दा पनि ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । पुल निर्माणमा भएको चरम ढिलाइका कारण विशेषगरी वर्षायाममा स्थानीयवासीले ज्यान जोख...
वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल…..
काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेपाली कांग्रेस र नेकपा एमाले सहितको सत्ता सहकार्य गर्ने कि कुनै एक पक्षसँग मिलेर सरकारमा जाने विषयमा निरन्तर छलफलमा छ । साउन ५ गते नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई घण्टा छलफल गरेका थिए । छलफलको क्रममा प्रचण्डले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गर...
सरकारका सर्त अन्यायपूर्ण र गैरकानुनी…..
काठमाडौं - निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण गर्दा सरकारले राखेका केही सर्त गैरकानुनी र अन्यायपूर्ण भएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावलोकनका लागि निवेदन दिएको छ । कम्पनीले ती सर्तले आफ्नो व्यवसाय, लगानी र सेवा सञ्चालनमै गम्भीर असर पार्ने जनाउँदै निवेदन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले १६ भदौ २०८१ मा मोबाइल सेवाको इजाजतपत्र पाँच वर...
अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्यो बन्द…..
काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभ...
अमेरिकाले लगायो ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क…..
काठमाडौं - अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै करिब ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ । १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् । यस वर्षको सुरुमा अस्थायी रूपमा लागू ग...
सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन…..
काठमाडौं - भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन् । उनले केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन् । उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने नि...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 466
- Next Page »















