फोन नआउँदा आत्तिन्छन् रुसी सेनामा गएकाका परिवार…..

नेपालगन्ज — अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थानकी पवित्रा बिकको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका पति रोशन बिकले झन्डै महिना दिनसम्म फोन सम्पर्क नगरेपछि गत साता पवित्रा झनै आत्तिइन् । बुधबार साँझ ७ बजे आफ्नै मोबाइलबाट श्रीमान्‌सँग कुरा भएपछि पवित्रा र उनको परिवारको मन केही दरिलो भएको छ । वैदेशिक रोजगारीका क्र...

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने…..

चितवन  -  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ...

चिसो मौसममा पनि डेंगुको जोखिम…..

काठमाडौँ -  नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली प्रादेशिक अस्पतालका कार्यालय प्रमुख डा. अर्जुन भट्टका अनुसार अस्पतालमा दुई जना डेंगुका बिरामी उपचाररत छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण म...

निषेधित क्षेत्रको दायरा बढाइँदै…..

काठमाडौँ — शान्तिपूर्ण रूपमा भेला भएर विरोध/प्रदर्शन, धर्नालगायत कार्यक्रम गर्न पाउने नागरिकका संविधानप्रदत्त अधिकार कुण्ठित हुने गरी सरकारले निषेधित क्षेत्रको दायरा बढाउँदै लगेको छ । दुई फरक समूहले एकै ठाउँमा प्रदर्शन गर्ने तयारी गरेपछि एक महिनाअघि माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुको सट्टा सरकारले मिति बढाएर लगभग राजधानीलाई नै थप दुई महिनाका लागि निषेधित क्षेत्र बनाएको छ । अझ ललितपुरको हरिहर भव...

नेपालीको रिहाईको लागि नेपाल र युक्रेनबीच कूटनीतिक पहलको थालनी…..

काठमाडौँ — युक्रेनी कब्जामा रहेका चार नेपालीको रिहाईको लागि नेपाल र युक्रेनबीच कूटनीतिक पहलको थालनी भएको छ । रुसी सेनामा कार्यरत नेपालीलाई युक्रेनी सेनाले कब्जा गरेपछि रिहाईको लागि नेपालले पहिलोपटक कदम चालेको हो । नेपालले लगातार रुपमा युक्रेनी पक्षसँग कब्जामा रहेका नेपालीको बारेमा कुराकानी गर्न चाहे पनि युक्रेनले समय दिइरहेको थिएन । तर मंगलबार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर...

विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी, प्राधिकरणका कर्मचारीकै मिलेमतो…..

काठमाडौँ — तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो । उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार...

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज…..

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ । यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालल...

गोविन्द केसीको सत्याग्रहमा स्थानीयबाटै किन भयो विरोध ?…..

धनगढी -   तीन दिने अनसनको क्रममा कैलाली आएका डाक्टर गोविन्द केसीको अनसनको स्थानीय स्तरबाटै विरोध भइरहेको छ । कैलालीको गोदावरी नगरपालिका १ गेटामा निर्माण भएको संरचनामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको लागि यहाँका स्थानीयहरू संघर्ष गर्दै आएका छन् । तर मङ्सिर २९ गतेदेखि अनसन सुरु गरेका केसीले विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अडानमा बसेपछि उनको विरोध भ...

निर्माण कार्य रोक्न अर्थ मन्त्रालयको निर्देशन…..

वीरगन्ज — वीरगन्ज चिनी कारखानाको जग्गामा अनुमतिबिना संरचना निर्माणकाे काम रोक्न अर्थ मन्त्रालयले पर्साका दुइटा स्थानीय तहलाई निर्देशन दिएको छ ।मन्त्रालयले मंसिर २२ मा कारखानाको जग्गामा भइरहेको निर्माण कार्य तथा अतिक्रमण रोक्न वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकालाई निर्देशन दिएको हो । गत मंसिर २० मा कारखानाको जग्गामा भइरहेको निर्माण रोक्न, अतिक्रमण हुन नदिन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन क...

भूकम्पपीडितको त्रिपालमुनि गयो ३४ को ज्यान…..

जाजरकोट, रुकुम पश्चिम — चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न...

पूर्वमा पहिचानवादी को निसानामा एमाले…..

झापा — ‘समृद्धिका लागि संकल्प यात्रा’ को १२ औं दिन घुर्मी हुँदै कोशी प्रदेश टेकेको एमाले टोलीमाथि पहिचानवादीहरूले अवरोध सिर्जना गरेका छन् । मंगलबार खोटाङको हलेसी हुँदै ओखलढुंगाको हर्कपुर पुगेर सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । पहिचानवादीहरूले बन्द आह्वान गरेरै कार्यक्रम बिथोल्ने प्रयत्न गरे । पहिचानवादी नेता तथा पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै किटेर ‘चि...

सुदूरमा सुत्केरी, कष्टको कहर, बाटैमा सुत्केरी गराउनुपर्ने बाध्यता…..

अछाम, धनगढी — बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले गत सोमबार बाटैमा बच्चा जन्माइन् । बिहान घरबाट करिब आधा घण्टा टाढाको आधारभूत स्वास्थ्य केन्द्र जाँदै गर्दा उनी धमेनाबाडा नजिकैको बाटोमा सुत्केरी भएकी हुन् । आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख अहेव धर्मा चँदाराले बाटोमै सुत्केरी भएको भेटेपछि स्याहार गरेकी थिइन् । गएको भदौ ११ मा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोला...