मकवानपुर - बागमती प्रदेश सरकारको नव गठित सरकारमा सहकारी ठगी आरोप खेपेकालाई मन्त्री नियुक्त गरिएको छ । सहकारी ठगी आरोप खेपिरहेका ज्ञानबहादुर तामाङलाई एमालेले मन्त्री बनाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा उनी मन्त्री नियुक्त भएका हुन् । एमालेबाट समानुपातिक सांसद बनेका तामाङलाई विना विभागीय मन्त्री बनाइएको हो । उनको विभागीय जिम्मेवारी केही दिनमा तोक्ने गरी मन्त...
समाचार
देउवा-ओली-दाहालको प्रतिगमन प्रयास…..
काठमाडौं – जेनजी आन्दोलनपछि पुराना नेताहरू देउवा, ओली र दाहाल पुनर्स्थापनाका लागि सक्रिय भएको विश्लेषण गरिएको छ । कांग्रेसभित्र देउवाको पुनरागमन प्रयासलाई पार्टीपंक्ति र सरकारी रवैयाले मलजल गरिरहेको र वैधानिकता विवाद अदालत पुगेको लेखमा भनिएको छ । नयाँ दल र सरकारले औचित्य पुष्टि गर्न र संस्थागत सुधार गर्न नसके जेनजी विद्रोहको उपलब्धि पुराना पात्रको पुनरागमनमा खेर जाने जोखिम रहेको लेखले चेतावनी ...
अमेरिकी सरकारी ऋण ४० ट्रिलियन डलर पुग्यो…..
काठमाडौं - विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको संघीय सरकारी ऋण ४० ट्रिलियन डलर पुगेको छ । अमेरिकी ट्रेजरी विभागका अनुसार मंगलबार संघीय ऋणले अहिलेसम्मकै उच्च बिन्दु पार गर्दै ४० ट्रिलियन डलर पुगेको हो । सीएनएनका अनुसार अमेरिकाको सरकारी ऋण पछिल्ला वर्षमा अपेक्षा गरिएभन्दा तीव्र गतिमा बढिरहेको छ । ऋणको आकार बढेसँगै त्यसको ब्याज तिर्नुपर्ने दायित्व पनि तीव्र रूपमा बढेको छ । आर्थिक अवस्था तुलनात्मक ...
अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्…..
काठमाडौं - सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बानेन्द्र शाह अनुपस्थित भएकाले बुधबार सांसद र मन्त्रीहरूसँग सभापतिको तर्फबाट रविले छलफल गरेका थिए । संसदीय दलमा भएका सबै उपस्थित बैठकमा लामिछाने कडा निर्देशन दिएका छन् । बैठकमा सहभागी ए...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ११ निर्णय…..
काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– १. सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने । २. त्रिभुवन अन्तर्राष्ट्र...
इरानसँग अहिले कुनै वार्ता नभएको छैन…..
वासिङ्टन डीसी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको बताएका छन् । उनको यो भनाइ आफूहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) सँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो । इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन् । वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखि...
झोलुङ्गे पुल बगेपछि तुइनमा यात्रा…..
जाजरकोट - भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को बीचमा पर्ने ताक्सुगाड खोलामा झोलुङ्गे पुल र सडक बगेपछि जाजरकोट, रुकुम पश्चिम र डोल्पाका स्थानीयवासी तुइनमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ताक्सुगाड वारपार गर्न स्थानीयवासीले अस्थायी रूपमा तुइन निर्माण गरेका छन् । स्थानीय शिक्षक धनिराम ठकुरीका अनुसार अहिले यही तुइनबाट मानिसहरू खोला वारपार गरिरहेका छन् । गत साउन २९ ग...
पहिले झोले, अहिले आवारा…..
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्ने नेता–कार्यकर्ताहरूलाई आवारा भनी टिप्पणी गरेपछि आन्तरिक विवाद चर्किएको छ। पार्टी नेतृत्व पुनर्गठनको बहस चलाइरहेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूमाथि ओलीको उक्त अभिव्यक्ति लक्षित रहेको छ। यसअघि झोले शब्दलाई गर्वको विषय बनाउँदै अभियान चलाएका नेता–कार्यकर्ताहरू अहिले नेतृत्वको आलोचना गरेकै कारण...
राजमार्गहरूमा पहिरो र बाढीको सास्ती…..
काठमाडौँ - बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ। पछिल्लो समय परेको अविरल वर्षाले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन बनाएको छ भने कतिपय स्थानमा वैकल्पिक मार्गको प्रयोग भइरहेको छ। बागमती प्रदेशअन्तर्गत...
भारतीय प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गरिने…..
काठमाडौं - भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । प्रधानसेनापति सेठ आइतबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीनदिने औपचारिक भ्रमणमा नेप...
आयल निगमले आज ग्यास नबाँड्ने…..
काठमाडौं - नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ । निगमले शनिबार पाँच ठाउँबाट र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको थियो । आज भने उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले...
आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुने…..
काठमाडौं - खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं उपत्यकामा आज (आइतबार) पनि विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण हुने भएको छ । शनिबार काठमाडौं जिल्लाका ४ स्थानबाट विभिन्न कम्पनीका करिब ६ हजार ग्यास सिलिण्डर करिब ९० वटा गाडीमार्फत बिक्री गरिएको थियो । त्यसैको मोडललाई निरन्तरता दिँदै आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ७ स्थानबाट ग्यास बिक्री गर्न...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 471
- Next Page »















