विनाशकारी बाढीमा बगेकाहरुको शव ८ जिल्लामा फेला…..

काठमाडौँ –    सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबारको बैठकले सुरक्षा निकायका जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो। सरकारले विपद्को समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको हो।  चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ। नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा ६० लाख सहयोग:

नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य राहत सामग्री उपलब्ध गराउने भएको छ । सीएनआई कोशीका अध्यक्ष पवनकुमार सारडा र प्रमुख सल्लाहकार उद्योगी महेश जाजुको विशेष पहलमा १ लाख प्याकेट चाउचाउ, १ लाख प्याकेट बिस्कुट र १ लाख प्याकेट जुस राहतस्वरूप उपलब्ध गराउने निर्णय गरिएको हो । अध्यक्ष सारडाको नेतृत्वमा गएको परिसंघको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरी उक्त राहत सहयोगबारे जानकारी गराएको सिएनआईले जनाएकोछ । भेटमा देशको औद्योगिक अवस्था, उद्योगी–व्यवसायीका चुनौती र लगानीमैत्री वातावरण निर्माणका विषयमा सुझाव प्रस्तुत गरेको जनाइएको छ।

सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुग्यो, ३१ जना सम्पर्कमा आए:

रसुवा बाढीमा सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, ३१ जना सम्पर्कमा आएका छन्।साभार :  रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार