इजरायल-हमास अस्थायी युद्धविराम…..

काठमाडौँ — युद्धविराम हुनुभन्दा एक घण्टाअघि गाजा क्षेत्रमा चर्को लडाइँ भयो । बन्दुक, तोप र रकेटका डरलाग्दा आवाज ४० मिनेटसम्म लगातार गुन्जिरहे । इजरायलको दक्षिण क्षेत्र र गाजामा त्यसरी पड्केका गोली र बारुद्धको धूवाँ १५ मिनेटसम्म आकाशमा मडारिइरहेका थिए । अक्टोबर ७ को बिहान ६ बजेबाट सुरु भएको युद्ध ४९ औं दिन शुक्रबारसम्म चलिरह्यो । चारदिने अस्थायी युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बिहान ७ ...

राजधानीमा दुई थरी प्रदर्शन,एकअर्काविरुद्ध आरोप–प्रत्यारोप…..

काठमाडौँ — राजधानीमा बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा र एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेका छन् । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ का सहभागी र प्रहरीबीच झडप भएको छ । सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र ...

प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै…..

काठमाडौँ  -  मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछ । अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रि...

थापा र राईलाई पनि छानबिनमा तान्न माग…..

ललितपुर — महिनौंदेखिको आलटालपछि मंगलबारदेखि उच्च अदालत, पाटनमा नियमित सुनुवाइमा परेको नक्कली भुटानी शरणार्थी मुद्दामा यो प्रकरणको थालनी गर्ने तत्कालीन गृहमन्त्री रामबहादुर थापा र पूर्वगृह सचिव प्रेमकुमार राईसमेत सिधै छानबिनको दायरामा आउनुपर्ने तर्क पेस भएको छ ।  नेपालमा बसिरहेका ६ हजारभन्दा बढी भुटानी शरणार्थीको स्थायी समस्या समाधानका लागि गठित कार्यदलबाट उब्जिएको नक्कली शरणार्थीको प्रकरण तत्कालीन...

माइतीघरमा निषेधाज्ञा लगाउने तयारीमा प्रशासन…..

काठमाडौँ - दुर्गा प्रसाईंले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा मंसिर ७ मा काठमाडौँमा हुने भनिएको प्रदर्शनबारे आम चासो छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरिरहेको छ । नेकपा (एमाले) निकट युवा संघको अध्यक्ष क्षितिज थेवे हुन् । तर, मंसिर ७ मा हुने भनिएको शक्ति प्रदर्शनको कमाण्ड चाहिँ पूर...

छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको पानी सङ्लिँदै…..

पर्सा — छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको पानी सङ्लिँदै गएको छ । खोलाको पानीमा अहिले कालो लेदो देखिँदैन । गत शनिबारदेखि खोलाको पानी सफा हुँदै गएको वीरगन्ज राधेमाई निवासी सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । झन्डै २ दशकदेखि सिर्सिया खोलाको किनारको राधेमाई टोलका बासिन्दा रहेका थारुको यो खोलाको पानी छठ पर्वपछि पनि यसरी नै सङ्लो र प्रदूषणमुक्त रहोस् भन्ने चाहना छ । ‘मलाई मेरो जीवनकालमै यो खोलाको प...

नेपाल मात्र होइन अन्य मुलुकमा पनि बन्द छ टिकटक…..

काठमाडौँ — सामाजिक सद्‍भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेपछि सरकारले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । नेपालीहरुमाझ पनि चर्चित बन्दै गएको टिकटकका कारण साइबर अपराधका घटनाहरु बढेपछि यसलाई नियमन गर्नेबारे बहस चलेको थियो । अघिल्लो साता गृहमन्त्रालयले साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच यसको नियमनकाबारेमा छलफल गरेको थियो । उ...

भूकम्पपीडित बालबालिकामा निमोनिया र सुत्केरीमा ज्वरोको समस्या…..

सल्यान — जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका-२ लिरापाजाका २३ वर्षिय टेकबहादुर केसीका पाँच जनाको परिवार शुक्रबार रातीदेखि नै भत्किएको घर नजिकै त्रिपाल टाँगेर बस्दै आएका छन् । दार्मा गाउँपालिका-५ लिरेडाँडाकी बर्ष १९ की विन्दु खड्का सुत्केरी भएको जम्मा १९ दिन भयो । लगातार शुक्रबार रातीदेखि त्रिपालमुनि बस्नुपर्दा उनलाई पनि ज्वरो र रुघाखोकीको समस्या दे...

तिहारमै बिक्री भएन फूल, किसान निराश…..

कञ्चनपुर - फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन”, उनले भने, “अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन् ।” बजारमा प्ल...

कांग्रेस टोलीले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र…..

काठमाडौँ -   नेपाली काँग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मङ्सिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ । भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्केको कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो । पुसको जाडोमा ...

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो…..

बर्दिया - तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिकरूपमा पुष्पखेती गर्दै आउनुभएकी पार्वती थारूले बताइन्। उनले भनिन्, “कस्तो हुन्छ भनेर गत वर्ष ...

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा…..

काठमाडौँ -    प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ ...