भूकम्प पीडितमाथि पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति…..

रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएक...

भूकम्पपीडितको राहतका लागि चीन सरकारको २६ करोड सहयोग…..

काठमाडौँ — चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए । यसअघि चीनले नेपाललाई १० करोड बराबरको राहत सामग्री प्रदान गरेको थियो । चीनले दक्षिण एशियाली आपत्पकालीन सहयोगमार्फत प्रदान गरेको राहत सामग्रीको पहिलो खेप सोमबार नेपाल आइपुगेको छ ।...

कोशी प्रदेशमा अधिकांश सांसद सरकारमा जानुपर्ने पक्षमा…..

विराटनगर  -  नेकपा एमालेको कोशी प्रदेश संसदीय दलमा चरम विवाद देखिएको छ । प्रदेश संसदीय दलको सोमबार बिहान बसेको बैठकमा सांसदहरूले राखेको धारणा विपरीत निर्णय बाहिर आएपछि विवाद बढेको हो । एमाले दलको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नै पार्टीको पहलमा बनेको केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको बताएका थिए । तर,...

क्रिकेट टोलीलाई क्यानले ५० लाख पुरस्कारले सम्मानित गर्ने…..

काठमाडौँ — आईसीसी ट्वान्टी-२० विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रूपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहनस्वरूप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्...

भूकम्पबाट ३५ हजार परिवार घरबासविहीन…..

रुकुम र जाजरकोट — शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश...

दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमै…..

रावत गाउँ, जाजरकोट — भूकम्पपछि टाँगिएको पालमाथि बिहानीको झुल्के घाम ठोक्कियो । एक साताकी सुत्केरी पवित्रा विक शीतले ओस्सिएका चार वटा लुगाथाङ्ना बोकेर बाहिर निस्किइन् । पालमाथि लहरै मिलाएर सुकाइन् । पहिलो पटक सुत्केरी भएकी १८ वर्षीया पवित्राले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाइन् । शुक्रबार मध्यरातको भूकम्पले घरै चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । ढुंगामाटोले बनाएको दुईतले घ...

भूकम्पमा परी १५७ को मृत्यु, २०८ घाइते…..

काठमाडौँ — शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत खर्च गर्ने गरी रुकुम पश्चिम र जाजरकोटलाई ५/५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो । मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपच...

क्षतिपूर्तिमा कुरा नमिल्दा कामदारको शव तीन दिन देखि अलपत्र…..

रामेछाप — लिखु जलविद्युत आयोजनामा कामको सिलसिलामा बुधबार मृत्यु भएका कामदार कैलाश कार्कीको शव तीन दिन बितिसक्दा पनि उठेको छैन । उनका आफन्तजनले उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित लिखु जलविद्युत आयोजनाको किन्जामा धर्ना दिइरहेका छन् । रामेछाप र सोलुको सिमा नदी लिखुमा निर्माणाधिन लिखु १ जलविद्युत आयोजनामा कार्यरत रामेछापको गोकुलगंगा १ चुचुरेका कैलाश कार्कीको बुधबार निर्माण स्थल गुम्देलको टाङदिङमा काम ...

भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा ८० जनाको मृत्यु…..

रुकुम पश्चिम — जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र...

सर्वोच्चको ढोकामा भारतीको ढोग, देशको न्याय ढलेको रहेनछ…..

काठमाडौं, नेपालगन्ज — बिहीबार अपराह्न, सर्वोच्च अदालतको संयुक्त इजलासमा सन्नाटा जस्तै थियो, सबै जना आदेशको पर्खाइमा थिए । वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आदेश पढेर सुनाउन थालेपछि सबैको मुटुको ढुकढुकी बढ्दै थियो । आदेशको पृष्ठभूमि वाचन हुँदा नै रिगल भनिने योगराज ढकालको कैद मिनाहा गरिदिने सरकारको निर्णयमा सर्वोच्च अदालत असन्तुष्ट रहेको छनक मिलिसकेको थियो । ठहर खण्डमा पुगेपछि इजलासमा वाचन भय...

कैद माफी बदर भएलगत्तै रिगल पक्राउ…..

काठमाडौँ — नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयलाई बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ । सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद मिनाहालाई कानुनविपर...

१२५ औं साहित्य श्रृंखलामा चार कृतिहरु सार्वजनिक

२९ अक्टुबर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई नेपाल, बेलायत र भारतबाट प्राप्त ४ वटा कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाकी पूर्व संयोजक एवं सल्लाहकार सुनिता गिरीको श्वागत मन्तव्यसंगै बेलायत निवासी टंक वनेमको संस्मरण संग्रह ‘सुदूर व...