सहकारी ठगी आरोपी तामाङलाई एमालेको मन्त्री उपहार…..

मकवानपुर –      बागमती प्रदेश सरकारको नव गठित सरकारमा सहकारी ठगी आरोप खेपेकालाई मन्त्री नियुक्त गरिएको छ । सहकारी ठगी आरोप खेपिरहेका ज्ञानबहादुर तामाङलाई एमालेले मन्त्री बनाएको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको सरकारमा उनी मन्त्री नियुक्त भएका हुन् । एमालेबाट समानुपातिक सांसद बनेका तामाङलाई विना विभागीय मन्त्री बनाइएको हो । उनको विभागीय जिम्मेवारी केही दिनमा तोक्ने गरी मन्त्री बनाइएको हो । उनी माथि सहकारीको दुई अर्ब रुपैयाँ बढी रकम हिनामिनाका आरोप छ । एमालेले बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएका तामाङले बिहीबार नै शपथ ग्रहण समेत गरिसकेका छन् । उनलाई हाल मुख्यमन्त्री कार्यालयमा नै पदभार गराइएको छ । तामाङ नेसनल नमोबुद्ध सहकारीको दुई अर्ब रुपैयाँ हिनामिनामा मुछिएका व्यक्ति हुन् । उनको सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत २०८१ पुस २९ मा समस्याग्रस्त घोषणा गरेको थियो । तामाङ नमोबुद्ध सहकारीको सञ्चालक हुन् । ठगी आरोप लागेपछि तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए । काठमाडौँ महानगरपालिका– २९, सामाखुसीमा कार्यालय रहेको नमोबुद्ध सहकारीको २९ पुस ०७९ बाट अध्यक्ष राजकुमार लामा छन् । त्यसअघि सहकारीको अध्यक्ष तामाङ थिए । सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका– ९ थानसिङमा ४४ रोपनी जग्गा खरिद गरेका थिए । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर सहकारीको नाममा १४ करोड रुपैयाँ ऋण निकाले चलाएको र तामाङपछि अध्यक्ष बनेका राजकुमार लामासहितका अहिलेका पदाधिकारीले पनि त्यसैलाई निरन्तरता दिएका थिए । ०७२ देखि ०७८ सम्म सहकारीका अध्यक्ष रहेका सांसद तामाङ सहकारीबाट बाहिरिएलगत्तै रकम हिनामिना गरेको आरोप लगाइएको छ । नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका ९६४ सदस्यको १ अर्ब ८ करोड ६४ लाख रुपैयाँ मागदाबी गरेका छन् ।साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार