साना ३ जहाज किन्ने प्रक्रियामा ऐनविपरीत निगमको चलखेल…..

काठमाडौँ — करिब ३ अर्ब लगानीमा तीनवटा साना जहाज किन्न आह्वान गरिएको ‘ग्लोबल टेन्डर’ प्रक्रियामा बोलपत्र बुझाउने जहाज उत्पादक तीनवटा कम्पनीहरू प्राविधिक मूल्यांकनमा फेल भए पनि नेपाल वायुसेवा निगम व्यवस्थापनले नयाँ टेन्डर प्रक्रियामा नगई सार्वजनिक खरिद ऐनविपरीत तीनै कम्पनीलाई प्राविधिक मूल्यांकनमा ‘पास’ गराउन चलखेल सुरु गरेको छ । पास भएमा निगम व्यवस्थापनलाई ७५ अंकभार भएको आर्थिक प्रस्ताव अध्ययन गर्न...

दमकको ५९ बिघा जग्गा हिनामिनामा ३५९ विरुद्ध मुद्दा…..

काठमाडौँ — झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय नेता गगन भनिने रेवतराज पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकु...

रुसी सेनामा भर्ती भएका २७२ नेपाली सम्पर्कविहीन…..

काठमाडौँ — अवैध रूपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा होमिएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । अहिलेसम्म १२ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी मात्रै दिएको परराष्ट्र मन्त्रालय त्यहाँ घाइते र बेपत्ता हुने नेपालीका बारेमा भने मौन छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले भने हालसम्म २ सय ७२ जना नेपाली ल...

जग्गा अतिक्रमणसम्बन्धी आयोगका प्रतिवेदन लुकाएर पुन लगत संकलन…..

काठमाडौँ — देशभरका अतिक्रमित तथा विभिन्न पक्षबाट गैरकानुनी रूपमा भोगचलन भइरहेका सरकारी–सार्वजनिक जग्गा संरक्षणसम्बन्धी विभिन्न आयोग र छानबिन समितिका प्रतिवेदन दराजमा थन्क्याएर सरकार पुनः लगत संकलनमा जुटेको छ । सरकारबाटै गठित आयोग तथा छानबिन समितिले काठमाडौं उपत्यकासहित देशभर अतिक्रमित जग्गा फिर्ता र हिनामिना गर्नेमाथि कारबाही गर्न सुझाव दिएका प्रतिवेदन सार्वजनिकसमेत नगरी पुनः विवरण संकलनको काम अघि...

शरणार्थी, सुन र सहकारी ठगी दीपेशलाई सर्वत्र उन्मुक्ति…..

काठमाडौं, बुटवल, पोखरा — भुटानी शरणार्थी, सुन तस्करी वा सहकारी ठगी । देशका कुनै पनि बदनाम प्रकरणमा सधै नाम जोडिएर आउने एउटा नाम हो– दीपेश पुन । तर उनीमाथि गम्भीर अनुसन्धान भएको छैन किनकि उनी सत्तारूढ माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव हुन् । त्यति मात्र होइन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराको हैसियतमा बेथिति मच्याएका उनलाई सबैजसो खतमा माफीजस्तै छ । भुटानी शरणार्थी र सुन तस्करी प्रकरणम...

चिसोको कारण त्रिपालमै ३८ भूकम्पपीडितको मृत्यु…..

सुर्खेत, सल्यान — भूकम्पले घर भत्किएको चार महिनामा समेत ओत बनाउन नसकेर अलपत्र पीडितहरूमध्ये चिसोका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका हुन् । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण अधिकांश पीडित बिरामी छन् । मृत्यु हुनेमा जाजरकोटका ३...

संघीय सरकारको असहयोगका कारणले महानगरहरूको विकास खर्च कम…..

काठमाडौँ — संघीय र प्रदेश सरकार मात्र नभएर महानगरपालिकाहरूको समेत विकास निर्माण र पुँजीगत खर्चमा सुस्तता देखिएको छ । अन्तरसरकारी निकाय समन्वय अभावका लागि धेरै निकाय नै नहुने, स–साना रकमबाट काम हुने भएकाले सार्वजनिक खरिद कानुनको उल्झन कम हुने, तत्काल निर्णय गर्न सक्ने पदाधिकारी आफैं र काम गर्नुपर्ने दायरासमेत सीमित भए पनि महानगरपालिकाहरूको पुँजीगत खर्चको प्रगति झन् निराशाजनक देखिएको हो । चालु आर्थि...

मेलम्ची भ्रष्टाचारमा ४ पूर्वसचिव र बहालवाला सहसचिवसहित १८ विरुद्ध मुद्दा…..

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा नेपाल सरकारका चार पूर्वसचिव र एक बहालवाला सहसचिवसहित १८ विरुद्ध पौने ७ अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । आयोजनाको ‘हेडवर्क्स’ तथा सुरुङ निर्माण गर्दा भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र मुकुन्दप्रसाद पौडेल तथा बहालवाला सहस...

द्रुत मार्ग सुस्त तर संरचना भव्य…..

काठमाडौँ — काठमाडौं–तराई मधेश द्रुत मार्गको काम सुस्त भए पनि सुरुङ र पुलका लागि भव्य संरचना निर्माण भइरहेका छन् । समग्र भौतिक प्रगति ३१ प्रतिशत हाराहारी रहे पनि सुरुङ निर्माणको काम भने तीव्र गतिमा भएको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण गर्न व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको ६ वर्षमा समग्र आयोजनाको प्रगति ३०.९६ प्रतिशत पुगेको छ । तर, यही आयोजनाअन्तर्गत...

अख्तियारमा शक्तिशालीमाथि अनुसन्धान घट्दो, राजनीतिक छाया बढ्दो…..

काठमाडौँ — भ्रष्टाचार र संगठित एवं राज्यविरुद्ध सहितका अपराध कसुरमा पछिल्लो पटक राजनीतिक दलका ‘शक्तिशाली’ नेता जोडिएका दुई ठूला मुद्दा हुन्– नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा हिनामिना प्रकरण । शरणार्थी प्रकरणमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको मुद्दासमेत आकर्षित भएकाले अख्तियार र शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान अघि बढाएका छन् । अख्तियारले पछिल्लो पटक अनुसन्धानका लागि प्राथम...

नेपाल नेदरल्यान्ड्सविरुद्धको खेलमा ९ विकेटले विजय…..

काठमाडौँ — नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन । कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गर...

ललिता निवासको सबै जग्गा अब सरकारी…..

काठमाडौँ — ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला दिएको छ । ९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रो...