चिलिमे हाइड्रोको टनेलबाट ४ शव र एक मानव अंग फेला…..

काठमाडौं –    चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ । नेपाली सेनाका अनुसार, टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा मंगलबार चार वटा शव र एक मानव अंग फेला परेको हो । फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनामा गत भदौ १० गते आएको बाढीका बेला ६ जना कार्यरत रहेको अनुमान गरिएको थियो । बाढीका बेला आयोजनाको साइट कार्यालयमा ७१ जना कार्यरत रहेकामा अधिकांश सुरक्षित स्थानतर्फ जान सफल भएका थिए । बाढीपछि आयोजनाको टनेलमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेनासहितका सुरक्षा निकायले उद्धार तथा खोजी अभियान सञ्चालन गर्दै आएका छन् । ६ जना फसेकोमा अझै १ जना बाँकी रहेको खोजी कार्य जारी रहेको चिलिमे आयोजनाले जनाएको छ । नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमे जलविद्युत् आयोजना, नेपाल विद्युत प्राधिकरण लगायतका सरोकारवाला निकायबाट खोजी कार्य जारी रहेको छ ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार