बगर बनेको स्याफ्रुबेसीमा नयाँ जीवनको खोजी…..

स्याफ्रुबेसी (रसुवा) –       विनाशकारी बाढी गएको २७ दिनपछि सोमबार स्याफ्रुबेसीका फुर्वामाया तामाङ र कान्छी तामाङ भोटेकोसी तर्दै थिए। बाढीले पुलहरू बगाएपछि उनीहरू स्याफ्रुपारि अर्थात् भोटेकोसीको पश्चिमतर्फ थुनिएका थिए। तर गत साता (२९ भदौमा) सुरक्षा निकाय र स्थानीयको पहलमा भोटेकोसीमा तुइन सञ्चालनमा आएपछि उनीहरूलाई केही सहज भएको छ। अनलाइनखबरको टोली त्यहाँ पुग्दा फुर्वामाया र कान्छी तामाङ पालैपालो तुइनको सहारामा नदी तर्दै थिए। उनीहरूले सदरमुकाम धुन्चेबाट ल्याएको उपभोग्य सामग्रीको बोरा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पनि तुइनबाटै तारिदियो। सडक र पुल हुँदाजस्तो सुविधा त तुइनले के दिन्थ्यो र ! तर पनि १९ दिनसम्म हिँडडुल गर्न नपाएका मानिसहरू अहिले आउजाउ गर्न पाइरहेका छन्,’ तुइन सञ्चालन टोलीको नेतृत्व गरिरहेका प्रहरी सहायक निरीक्षक रामप्रवेश पटेलले अनलाइनखबरसँग भने। उनका अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रहरीले नै तुइन चलाउने गरेको छ। ‘भौगोलिक रूपमा विकट ठाउँ भएकाले हामी आफैंले तुइन चलाउन सहयोग गरिरहेका छौं,’ उनले भने। चिलिमे जलविद्युत् आयोजनाको सुरुङनजिकै राखिएको तुइनमा चढ्न र ओर्लन सहज होस् भनेर फलामे सिँढी बनाउने काम पनि अनलाइनखबरको टोली पुग्दा चलिरहेको थियो। तुइन चढ्न र ओर्लन सहज होस् भनेर काम गरिरहेका छौं,’ नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीले भने। सडक र पुल बगेपछि लामो समयदेखि थुनिएका स्थानीयका लागि तुइनले केही राहत दिएको त्यहाँ लागेको भीडबाटै अनुमान गर्न सकिन्थ्यो। प्रहरीका अनुसार दैनिक ४० जनासम्म तुइनबाट भोटेकोसी वारपार गरिरहेका छन्। बाढीले स्याफ्रुबेसी बजारसहित ठूलो क्षेत्र बगाएपछि धेरै विस्थापितलाई काठमाडौंलगायत अन्यत्र सारिएको अवस्थामा यो संख्या उल्लेख्य हो। तुइन तरेपछि फुर्वामाया र कान्छीसँगै अनलाइनखबरको टोली पनि भोटेकोसीको बगर हुँदै खोलिएको कच्ची बाटोतिर अघि बढ्यो।

कान्छी तामाङ:

हामीले यस्तो हुन्छ भनेर कहिल्यै सोचेका पनि थिएनौं। अचम्मै भयो,’ बोरा बोकिरहेकी फुर्वामायाले भनिन्। हुन पनि २७ दिनअघि (१० भदौसम्म) स्याफ्रुबेसीको दृश्य अर्कै थियो। नेपालीको औसत आयभन्दा स्याफ्रुबेसीका मानिसको आम्दानी धेरै थियो। वर्षमा केही लाख नकमाउने कुनै घर थिएन होला,’ गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्। केरुङ नाका, मानसरोवर र गोसाइँकुण्ड जाने मुख्य मार्गमा पर्ने भएकाले पनि स्याफ्रुबेसीको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको उनी बताउँछन्। पालिकाको कार्यालय नै त्यही थियो। त्यसो हुँदा प्रशासनिक हिसाबले पनि स्याफ्रु केन्द्र थियो,’ उनी भन्छन्, ‘होटल व्यवसाय त यो ठाउँको मुख्य परिचय नै थियो। मानसरोवर, गोसाइँकुण्ड र लाङटाङ पदमार्गमा जाने विदेशी पर्यटकसमेत आउने भएकाले यहाँ होटल व्यवसायमा ठूलो लगानी भएको अध्यक्ष तामाङ बताउँछन्। उनका अनुसार एउटै व्यक्तिले होटल व्यवसायमा करोडौं रुपैयाँसम्म लगानी गरेका थिए। यसरी एकैपटक विनाश हुन्छ भनेर सोच्ने कुरै भएन। ठूल्ठूला सपना देखेर लगानी मात्रै गरिरह्यौं,’ उनी भन्छन्। तर स्याफ्रुबेसीले कल्पनासमेत नगरेको बाढी १० भदौको बिहान आयो। खाना पकाउँदै थिएँ, भीर खसेजस्तै आवाज आयो,’ स्थानीय तारा घले (५४) भन्छन्, ‘बाहिर निस्कँदा सबैले ‘भागौं, भागौं’ भन्दै थिए। म पनि भागें र बाँचेँ। घलेको जस्तै अनुभव बाढीबाट ज्यान जोगाएका अरू स्थानीयले पनि  सुनाए।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार