आज यी ठाउँमा भारी वर्षाको सम्भावना…..

काठमाडौं -     जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी ...

ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार…..

नुवाकोट-     रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा अकल्पनीय क्षति पुर्‍यायो। लेदो र गेग्रानसहित आएको भीषण बाढीले हराभरा बस्तीहरू क्षणभरमा खण्डहर बनाइदियो। बगेका भौतिक संरचना र बेपत्ता नागरिकको यकिन तथ्यांक आउन सकेको छैन। अहिलेसम्मको तथ्यांकअनुसार नेपालसहित करिब ३३ देशका करिब ३ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेको भनिएको छ। यो संख्या अझै बढ्न सक्ने सुरक्षाकर्मीको अनुमान छ...

तिब्बततर्फ ५४६ जना बेपत्ता, १०४ नेपालीसहित २६१ विदेशी नागरिक परे…..

बेइजिङ -     तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेहरूमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनियाँ अधिकारीहरूका अनुसार १०४ जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्। विदेशी नागरिकहरूको विवरण: चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनु...

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा…..

काठमाडौं -     पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्लाका केही ठाउँका साथै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । कञ्चनपुरमा शनिबारदेखि बिहानसम्म वर्षा भइरहेको छ । यस्तै, धादिङ र...

पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन…..

काठमाडौं -    रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ। यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थि...

१८४ जना पर्यटकको उद्धार, ४२० जना अझै सम्पर्कविहीन…..

काठमाडौं -     बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र ३ जना सम्पर्कमा आएका छन् । अझै ४२० पर्यटक सम्पर्कबाहिर छन् । १० भदौमा आएको बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए । बोर...

कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश…..

काठमाडौं -    नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए । तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विज...

विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय…..

काठमाडौँ -    नेपाल सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि 'विपद् सङ्कटग्रस्त क्षेत्र' घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो। नेपाल–चीन सीम...

अहिलेसम्म ५४७ जनाको शव फेला…..

काठमाडौं -    रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो। रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना स...

फेरि ताल फुट्यो, सुरक्षित रहनुहोस्…..

काठमाडौं -      तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए । प्रजिअ परियारले  भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्...

४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता…..

काठमाडौँ -     रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ। अन्य जिल्लाको विवरण यस प्रकार छ: चितवन: १७८ जना नवलपरासी पूर्व: ११० जना ...

पृथ्वी राजमार्ग तीन दिनदेखि बन्द, अझै तीन ठाउँको लेदो हटाउन बाँकी…..

काठमाडौं -     काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्बी राजमार्ग अझै अवरुद्ध छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्बी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ । ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्बी राजमार्ग अन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा...