पहिरोका कारण कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध…..

काठमाडौं –     धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ । बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ । उनले भनेका छन्, ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ । गाडी चलाउन सक्ने अवस्था छैन । प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स-साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले बताए ।साभार : अख

प

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार