मोडल रूपा आङ्बुङ लिम्बूलाई सम्मानसहित बिदाइ…..

बेलायत –     आस्फोर्ड, केन्टमा मोडल, अभिनेत्री तथा व्यवसायी रूपा आङ्बुङ लिम्बूलाई अक्टोबर ९, २०२६ मा बेलायतको ऐशफोर्डस्थित गोर्खा भिल्ला रेस्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरी सम्मानसहित बिदाइ गरिएको छ। १७ वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय रूपाले म्युजिक भिडियो, लिम्बू चलचित्र तथा फेसन शोमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्दै आउनुभएको छ। व्यवसाय तथा सामाजिक कार्यमा समेत सक्रिय उहाँ पछिल्लो डेढ वर्षदेखि बेलायतमा रहँदै आउनुभएको छ। सुक तुम्रोकको संयोजनमा आयोजित कार्यक्रममा चलचित्र निर्माता शैलेन्द्र नाल्बो, बिश्वास दिप तिगेला, नारायण वेगा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपालबाट सांगीतिक यात्राका लागि बेलायत आउनुभएका कलाकार लक्ष्मण हुक्पा चोङ्बाङ र दीपा सुहाङको पनि उपस्थिति रहेको कार्यक्रममा दीपा सुहाङले गीत प्रस्तुत गर्नुभएको थियो भने स्थानीय कलाकार डम्बर सावाको पनि सहभागिता रहेको थियो। कार्यक्रममा सम्मानित भएपछि रूपा आङ्बुङ लिम्बूले अप्रत्याशित रूपमा प्राप्त सम्मानले आफूलाई अत्यन्तै खुसी बनाएको बताउँदै आयोजक तथा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार