रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना…..

काठमाडौं -     नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेर यो जानकारी दिएको हो । सूचनामा उल्लेख भएअनुसार असोज ७ गते बिहानसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चितवनमा भने मध्यम वर्षाको सम्भावना छ । गएराति चितवनको कालीखोला वर्षा मापन केन्...

बेत्रावतीमा फड्के, रसुवालाई राहत…..

रसुवा -    भोटेकोशी बाढीले पक्की पुल बगाएको फलाखु खोलामा फड्के (अस्थायी पुल) सञ्चालनमा ल्याइएको छ । उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित खोलामा फड्के बनेसँगै रसुवा र नुवाकोट पैदल यात्राबाट जोडिएको छ । बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोलो वारपार गर्न सक्ने स्थिति थिएन । तर, सुरक्षाकर्मी र स्थानीयले फड्के बनाएपछि बाढी प्रभावितहरूलाई ठूलो राहत मिलेको छ । ‘बाढीपछि दुईतिर भएका परिवारका सदस्यहरू...

प्राज्ञिक विज्ञता र समावेशीतालाई प्राथमिकता…..

काठमाडौं -     सरकार बनेको छ महिनापछि मन्त्रिपरिषद्ले १३ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलोपटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो । करिब ४४ सय आवेदनबाट स्क्रिनिङ गरेर २७ सयमा झारिएको थियो । तर तीबाट पनि व्यक्ति छनौट गर्नका लागि निकै सकस परेपछि राजदूत सिफारिसको प्रक्रिया लम्बिइरहेको थियो । तर शुक्रबारको मन्त्रिपरिषद् बैठ...

१ हजार ४१० शव फेला, ६ हजार १४५ अझै सम्पर्कविहीन…..

काठमाडौँ —    भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये १,४१० जनाको शव फेला परेको छ भने अझै ६ हजार १४५ जना अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण अनुसार चितवनमा ३६४ नवलपरासी पूर्वमा २३२ नवलपरासी पश्चिममा २२२ नुवाकोटमा २०३ रसुवामा १९९ गोरखामा ७८ धादिङमा ७२ तनहुँमा ३८ जनाको शव फेला परेको हो । २ जनाको भने उपचारका क्र...

चिलिमे हाइड्रोको टनेलबाट ४ शव र एक मानव अंग फेला…..

काठमाडौं -    चिलिमे जलविद्युत् आयोजनाको टनेलबाट थप चार जनाको शव र एक मानव अंग फेला परेको छ । नेपाली सेनाका अनुसार, टनेलको ‘ब्रेक थ्रु’ गरी अन्तिम किनारासम्म खोजी गर्ने क्रममा मंगलबार चार वटा शव र एक मानव अंग फेला परेको हो । फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । यसअघि भदौ १५ गते पनि टनेलबाट एक शव र एक मानव अंग फेला परेको थियो । २२ मेगावाट क्षमताको चिलिमे...

संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा…..

काठमाडौं -     पछिल्लो २४ घण्टामा संखुवासभा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा ठूलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनससार यी क्षेत्रमा अति भारी वर्षासम्म भएको छ । मौसमविद् डेभिड ढकालका अनुसार सबैभन्दा धेरै वर्षा संखुवासभामा मापन भएको छ । टाँसी गाउँ स्नो’ केन्द्रमा मंगलबार राति ८ बजेदेखि बुधबार बिहान साढे ७ बजेसम्मको अवधिमा २८० मिलिमिटर वर्षा मापन भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकार...

बाढीले ३५ मध्ये २५ जना विद्यार्थी बगायो, सम्पर्कमा छैनन् ६ शिक्षक…..

काठमाडौं -     रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३५ जना विद्यार्थी थिए । तर, भदौ १० को बाढीले २५ जनालाई बगायो । विद्यालयका प्रधानाध्यापक फूर्वू दोर्जे घलेका अनुसार विद्यालय सञ्चालन गर्ने अवस्था छैन । १० जना विद्यार्थीले भागेर ज्यान जोगाएका छन् । अहिले विद्यालयको भवन छैन । विद्यार्थी छैनन्,’ उनले भने, ‘गाउँ नै खाली छ । पुल छैन । बाटो छैन । बाढीको सूचना ...

एक हजार ३९५ शव फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन…..

काठमाडौँ -   भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन्। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु...

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना…..

काठमाडौं -     आज देशभर सामान्यतया बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहा...

मनोहरा खोलामा बाढी, किनाराका टहरा जलमग्न…..

 काठमाडौं -     भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार दिउँसोबाट परेको पानीका कारण खोलामा बाढीको सतह बढेको हो । खोलामा बाढी आएसँगै नदी किनारका टहराहरूमा पानी छिरेको छ । पानी छिरेपछि किनारका बस्तीमा रहेकाहरूलाई सुरक्षित ठाउँमा लगिएको छ । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी सुर्य खड्काका अनुसार बाढीको बहाव बढेसँगै अहिले प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको छ । बस्ती किना...

अध्ययन प्रतिवेदनहरू बेवास्ताको परिणाम…..

काठमाडौं -     रसुवा बाढीमा परेर कम्तिमा १ हजार ३८६ जनाको ज्यान गएको र ५ हजार १३० जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार यो बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँ भन्दा बढी क्षति भएको छ भने पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि ७ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने देखिन्छ । प्रधानमन्त्री बालेन्द्...

आणविक खतरा बढ्यो, विश्वव्यापी मुद्दामा बहुपक्षीय दृष्टिकोण जरुरी…..

काठमाडौं -      शनिबार नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ । ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबि...