ऊर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल आबद्ध सहकारीमा पनि बचत अपचलन…..

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं श्रममन्त्री डोलप्रसाद (डीपी) अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको बचत अपचलनमा मुछिएका छन् । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्षअघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक थिए, त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले सरकार गुहारेका छन् । सहकारीको रकम अपचलन...

बिहान कमाएर बेलुकाको छाक टार्ने उमाशंकर छुट्ने कि थुनिने अन्योलमा…..

काठमाडौँ — ‘कानुनको नौ सिङ’ भन्ने उखान उमाशंकर रायभरले सुनेका छैनन् तर त्यसको प्रहारले दिएको पीडाले भने वर्षौंदेखि आहत छन् । बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने अवस्थाका रायभरविरुद्ध सरकारले झन्डै २८ करोड रुपैयाँ बिगोसहितको राजस्व छलीको फौजदारी मुद्दा दायर गरेको छ । उनी उच्च अदालत पाटनमा मुद्दाको अन्तिम बहस सुन्न थातथलो बारा परवानीपुरदेखि काठमाडौं आएर इजलासमा दिनभरि बस्न थालेको पाँच दिन भइसकेको छ...

यसरी हुँदै छ ग्वार्को फ्लाइओभरको काम…..

काठमाडौँ — धेरै सवारी साधन ओहोरदोहोर गर्ने ग्वार्कोमा चार लेन सडक बन्द गरेर फ्लाइओभर निर्माण भइरहेको छ । अहिले फ्लाइओभरको दुवैतर्फ रहने पहुँमार्गमा माटो (फिल) भर्ने काम भइरहेको छ । कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरमा माटो फिल गर्नु पर्ने छ । त्यहीअनुसार माटो भर्ने काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रकी साइट इन्चार्ज इन्जिनियर प्रियंका झाले बताइन् । फ्लाइओ...

रेशम र रञ्जिताको लडाइँ, उन्मुक्ति पार्टीको मिचाइ…..

धनगढी — सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रको विवाद उत्कर्षमा पुगेर पार्टी नै विभाजनको संघारमा पुगेको छ । काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार डाकिएको केन्द्रीय समिति बैठकमा दुई समूहमा विभाजित नेता–कार्यकर्ता हात हालाहालको अवस्थामा पुगेका छन् । पार्टीका संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गरेर अघि बढ्ने अडानमा छन् भन...

कसुर ठहर भएको ३८ वर्षपछि अर्कै व्यक्ति पक्राउ, क्षतिपूर्तिबारे मौन…..

काठमाडौँ, सिन्धुपाल्चोक — एउटाको कसुरमा अरु कसैलाई राज्यले थुन्यो भने के हुन्छ ? विधिशास्त्रको सामान्य नियमले भन्छ– राज्यले निज निर्दोषमाथि अपराध गरेको ठहर्छ । सिन्धुपाल्चोक सिपा गाउँका एक वृद्धविरुद्ध राज्यले हालै यस्तै काम गरेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार उनलाई जेल मुक्त गरेको छ । अठ्तिस वर्षअघि मानव बेचबिखन मुद्दामा अदालतले प्रतिवादी काले सार्कीलाई दोषी ठहर गरी कैद सजाय तोकेको थियो । तर,...

तत्कालीन सीडीओ दाहालले दिएका थिए नेपालभर बोक्न पाउने हतियारको लाइसेन्स…..

काठमाडौँ -   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन गरिरहेको छ । छानबिन समितिको संयोजन सहसचिव राजेन्द्रदेव पाण्डेले गरेका छन् । समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । उपसचिव एकदेव अधिकारी सदस्य–सचिव छन् । प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र (लाइसेन्स) लिएका हुन् । उनले...

सहकारी मुद्दा सत्ताको ढोक्सामा बिसाउने कांग्रेस रणनीति…..

काठमाडौँ — सहकारीको बचत अपचलन गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागमा प्रमुख प्रतिपक्षी कांग्रेस लचक भएको छ । समिति नबने आइतबारदेखि संसद्को कारबाही अवरुद्ध गर्नेसम्मको चेतावनी दिएको कांग्रेसले हाललाई गृहमन्त्री लामिछाने संलग्न कार्यसूचीबाहेकका संसदीय कामकारबाहीमा अवरोध नगर्ने नीति लिएको हो । पछिल्लो समय संसदीय समितिको मागलाई लिएर प्रतिनिधिसभा बैठक अवरोध ...

निजामती प्रशासनमाथि शिक्षामन्त्रीको अविश्वास…..

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महाशाखा, शाखा र मातहतका निकायमा निजामती कर्मचारीसरह पहुँच हुने गरी प्रशिक्षार्थी कर्मचारी खटाउने भएको छ । यसका लागि शिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ स्वीकृत गरेकी छन् । कार्यविधिमा उच्चशिक्षा अध्ययनरत र अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका र...

भ्रष्टाचार ठहरपछि पनि सम्मान,सांसद पद निलम्बन फुकुवा…..

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार कसुरमा सजाय गरेको नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश सर्वोच्च अदालतले गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको शुक्रबार बसेको संयुक्त इजलासले गुरुङमाथि भएको निलम्बन फुकुवा हुने आदेश गरेसँगै न्यायिक वृत्तमा यसको आलोचना भएको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भ...

आजदेखि एसईई परीक्षा, ५ लाख परीक्षार्थी सहभागी…..

काठमाडौँ — यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहि...

अलमलमा अख्तियार, ओझेलमा टेरामक्स…..

काठमाडौँ — दूरसञ्चार प्राधिकरणबाट टेरामक्स प्रविधिका उपकरण खरिदमा अनियमितता आरोप लागेका बहालवाला मुख्यसचिव, सचिवदेखि तत्कालीन मन्त्रीसम्मका व्यक्तिविरुद्धको अनुसन्धान टुंगिए पनि मुद्दा दायरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलमल गरेको छ । टेरामक्स प्रकरणमा करिब एक वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारका प्रमुख प्रेमकुमार राई १५ फागुनमा संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएर निष्कर्ष आउनै लाग...

प्रदेश भागबन्डा सहमति नजिक…..

काठमाडौँ — सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक पुगेका छन् । एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनले लगभग निश्चित भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा प्रदेशको भागबन...