कोईच कुम्सो खिँकोे प्रथम वार्षिकोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

  सामुयल सुनुवार

माघ २९, २०७४  काठमाडौं : किराँत कोइँच सुनुवार समुदायको संस्था कोइँच कुम्सो खिँको प्रथम वार्षिक उत्सव बृहत मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम ५०७८ (२०७४) सम्पन्न भएको छ ।  सांस्कृति हाम्रो पहिचान कलालाई सँधै प्रोत्साहन भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा संगीत र नृत्य क्षेत्रका ख्याती प्राप्त कलाकार लगायत सुनुवार समुदायका चर्चित कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए । कार्यक्रममा अनलाईन संस्करण मार्फत आन्तरिक लोक दोहोरी प्रतियोगितामा सहभागी प्रतियोगीलाई प्रमाण–पत्र तथा ट्रफी प्रदान गरिएको थियो । अनलाईन लोक दोहोरी प्रतियोगितामा वर्षा सुनुवार प्रथम, मोतीराम सुनुवार द्वितीय, जानुका सुनुवार तृतीय र बेग बहादुर सुनुवारलाई अनुशासनको प्रमाण–पत्र र ट्रफी वितरण गरिएको थियो भने अमृता सुनुवार, सबिता सुनुवार र प्रमिका सुनुवारलाई सन्त्वनाको प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय यज्ञराज सुनुवारले किराँत कोइँच सुनुवार समुदायको भाषा, संस्कृति, धर्म संस्कारको संरक्षण तथा संबद्र्धन गर्न सबै मिलेर लागि पर्नुपर्ने आजको आवश्यकता रहेको र त्यसैमा सुनुवारहरुको जातीय पहिचान समेत हुने बताउँदै प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा किरात कोइँच कुम्सो खिँको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । संस्थाका अध्यक्ष लालबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष रणवीर सुनुवार, पूर्व अध्यक्ष एवं सुनुवार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर सुनुवार, कोइँच कुम्सो खिँका प्रमुख सल्लाहकार सामुयल सुनुवार (साम), विशेष अतिथि गायक तथा संगीकार जितेन्द्र राई, अथिति रोचक थापा, शिव सुनुवार लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा), बालकुमार श्रेष्ठ, महेश मुखिया सुनुवार, पुष्कर सुनुवार, तिलक सुनुवार, जितेन्द्र बहादुर सुनुवार, दिपेश सुनुवार, नवीन सुनुवार, दिपक सुनुवार, दिपा सुहाङ लिम्बु, श्रीजना किरात, कल्पना सुनुवार, पूजा सुनुवार, सरस्वती सुनुवार, विमला सुनुवार, रमिला सुनुवार, वविता सुनुवार, रमेश सुनुवार, दिव्यता सुनुवार, रोस्नीता सुनुवार, सायक्ष सुनुवार स्वीकृति सुनुवार, सिजन सुनुवार, रस्मी सुनुवार, रहेना सुनुवार लगायतका कलाकारहरुले आ–आप्mनो प्रस्तुती दिएका थिए । कार्यक्रममा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका रक्त क्यान्सर पीडित ओखलढुंगा निवासी ४ वर्षीय बालिका क्रिस्टिना सुनुवारको उपाचारार्थका लागि रकम पनि संकलन गरिएको थियो । कोइँच बु खिँ प्रथम वार्षिकोत्सवलाई गोरखा डेस्टेनी ट्रेनिङ सेन्टर, कोइँच क्याफे डी हट प्लेट, सुनुवार ग्रुप कम्पनीले मुख्य प्रायोजन गरेको थियो भने सन्ध्या टिभी, सुनुवार ओआरजी, बगैचा डटकम, अखबार टाईम्स साप्ताहिक र अखबारनेपाल डटकम मिडिया पार्टर रहेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार