नेपालले पहिलो पटक एकदिवसीय मान्यता

  बगैचा सम्वाददाता


काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत हिजाे भएकाे खेलमा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ, सो हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यताबाट बन्चित भएको छ । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको हो । नेपालले २३ ओभरमा पपुवा न्युगिनीले प्रस्तुत गरेको लक्ष्य भेट्यायो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार