र्इन्टरनेसनल क्योकिसीनकार्इ करातेको उपाधि रितु घरानलार्इ

काठमाडौ

ललितपुर लेलेकी रितु घरानले र्इन्टरनेसनल क्योकिसीनकार्इ करातेको उपाधि हात पारेकी छिन् । गोदावरी नगरपालिका ११ बज्रबाराही चाँपागाउमा र्इन्टरनेसनल क्योकिसीनकार्इ कराते एसोसिएसन ललितपुर क्षेत्र नं. १ द्धारा पहिलो

पटक आयोजित २ दिने कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १३ जिल्लाबाट ८७ खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिता ५ विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धा महिला तर्फ ५० केजी मुनि तथा पुरूषमा ५५ केजी मुनी विच प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी खानेपानी नेपाल सरकारले गरेकी थिइन भने विभिन्न क्षेत्रका मानुभावहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम पुरस्कार नगद ४००० दोस्रो ३००० तेस्रो २००० सहित ट्रफिका साथ प्रमाण पत्र प्रदान गरिएको थियो ।
मन्त्री बिना मगरले सम्पुर्ण खेलाडीहरूलार्इ शुभकामना तथा वधार्इ दिदै खेल जीवनका आफु र राष्ट्रका लागि आवश्यक रहेको बताइन । खेल क्षेत्रमा प्रोत्साहनको आवश्यक रहेको भन्दै नेपाल सरकारले यस तर्फ ध्यान दिनु पर्ने बताइन । खेलले शाररिक मात्र नभएर मानसिकरूपमा समेत बलियो हुने बताइन । समाजमा राजनीतिक विकृती बढेकाले देशा युवा जनशक्तिलार्इ खेल तर्फ आकर्षण तथा प्रोत्साहान गर्न नसकेको बताइन । खेल जीवनलार्इ सुनिश्चि गर्न खेल जगतमा सुन्दर भविस्य खज्न सक्ने वातावरण भएमा युवा जगतलार्इ आकर्षण गर्न सकेमा हामि हाम्रो राष्ट्रलार्इ विश्वमा चिनाउन सक्ने उनको भनार्इ थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार