सुरू भयो तेस्रो आदिबासी जनजाति कप फुटबल प्रतियोगिता-२०७५

  बगैचा सम्वाददाता


ललितपुर

‘एकताले नै सपना साकार हुन्छ’ भन्ने मुल नाराका साथ तेस्रो आदिबासी जनजाति कप फुटबल प्रतियोगिता २०७५ हिजो सनिबार सात दोबाटो स्थित खेलमैदानमा सुरू भएको छ । उर्जा  मन्त्री माननिय वर्षामान पुनले प्रतियोगिताको समुदघाटन गरेका छन् । खेलको उद्घाटन गर्दै मन्त्री पुनले व्यक्तिगत जीवन, समाज र देशका लागि खेल आवश्यक रहने बताए साथै खेलले भातृत्व, सहिष्णुता र स्वच्छ युवाशक्ति हुने समेत बताए । मन्त्री पुनले जनजाति कपका आयोजकलार्इ बधार्इ दिनुका साथ सम्पुर्ण टिमलार्इ शुभकामना ब्यक्त गरेका थिए । आयोजक किरात कोइँच स्पोर्टस क्लबका अध्यक्ष सामुयल सुनुवारका अनुसार खेल प्रतियोगितामा २२ टिमले सहभागिता जनाएका छन् । खेल नकआउटका आधारमा खेलाइने छ । हिजो भएको खेलमा सुनुवार अचल भैसेपाटी ट्याक्सी संघ २-१ले विजयी भएको छ । आयोजक र भैसेपाटी ट्याक्सी संघबीचमा भएको खेलमा आयोजकले अग्रता लिए पनि ट्याक्सी संघले हाफ टाइम अघि १ गाेल गर्दै बरावरी बनाएकाे थियाे । हाफ टाइम पछि ट्याक्सी संघले हाफ टाइम पछि १ गाेल गर्दै खेलमा १ गाेलकाे अग्रता लियाे भने अायाेजक खेलमा फर्कन सकेन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार