ऊखु किसानलाई रकम नदिने सुगर मिल्सका सञ्चालक राकेश अग्रवाल पक्राउ

  बगैचा सम्वाददाता

काठमाडौ

ऊखु किसानलाई बक्यौता रकम भुक्तान नगरेका व्यवसायी राकेश अग्रवाल पक्राउमा परेका छन् । आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज र सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रालिका सञ्चालक रहेका अग्रवालले उखु किसानलाई करीब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ऊखु किसानलाई इन्दिरा सुगर मिल्सले ८ करोड ५८ लाख ९६ हजार ४ सय ८१ रुपैयाँ तथा अन्नपूर्ण सुगर मिल्सले ३८ करोड ६८ लाख रुपैयाँ तिर्न बाँकी हो । किसानको बक्यौता रकम भुक्तान गर्न पटक पटक आग्रह गरेपनि बेवास्ता गरेपछि अग्रवालाई कारबाही गरिदिन उद्योग वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । सोही पत्रको आधारमा गृहले हिजो प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । उद्योग सञ्चालनमा रहेका दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक पटक अग्रवालसँग सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा नआएपछि पक्राउ गर्नुपरेको गृहले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार