आशा सुहाङ लिम्बूको गीति एल्बम ‘अदित्य’ र ‘सुम्निया’ सार्वजनिक

अमेरिकालाई कर्मथलो बनाउदै आएकी गीतकार, गायिका तथा मोडल आशा सुहाङ लिम्बूको दुई एल्बम मंसिर २८ गते शुक्रबार बागबजारस्थीत होटल हार्दिकमा एक कार्यक्रम माझँ विमोचन भएको छ ।

नेपाली भाषाका गीतहरु आदित्य र लिम्बू गीतको सुम्निया एल्मबको नाम राखिएको छ । दुईटा एल्वममा जम्मा ८ वटा गित रहेको छ । उक्त एल्बममा रहेको दुईवटा गीतको भिडियो लाई ईस्क्रिनिङ गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायागर्ने आशा यस पटक भने विषेश एल्वम तयारिकै लागी नेपाल आएकि हुन। प्रमुख अतिथि नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक तथा संगीतकार गणेश रसिक, चर्चित गायक राजेश पायल राई, नेपाली वाङमय परिसदका अध्यक्ष शसी लुमुम्बोको हातबाट सयुक्त रुपमा एल्बम विमोचन भएको थियो ।

लिम्बुवानका नेता तथा साहित्यकार कुमार लिङ्देन मिराक, प्राज्ञ अशोक लोहरुङ राई, फक्ताङलुङ सयङका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फे, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङबुहाङ लगायत पत्रकार तथा गित संगितमा आवद्द ब्यक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो । मन्तब्यको क्रममा कुमार लिङदेन भन्छन १५ वर्ष अगाडी बिराटनगरमा नलेखिएको कथा संग्रह र आधा चन्द्रमा कृति निकाल्दा आशा सुहाङ ले धेरै सहयोग गरेको हुनाले, यस कार्यक्रममा रिन तिर्नकै लागि भएपनी

 

आउनुनै पर्ने थियो र सरिकहुन पाउदा ज्यादै खुसी लागेको ब्यक्तगरे । राजेस पायल भन्छन आशा संग ३ वर्ष अगाडि अमेरिकामा भेट भएकोथियो विदेशमा वसेका मान्छेहरु पैसापनी कमिन्छ र रहरको रुपमा कामगर्छन तर उहाँले रहरको लागी नभई नेपाली गित संगितको योगदानको लागि भाषा साहित्य लिपिको संरक्षणको लागि गरेको काम प्रति नमन गर्दै सुभकामना ब्यक्तगरे । प्रमुख अतिथि गणेस रसिक भन्छन विदेशमा मान्छेहरु सुत्दैनन, रातदिन काममा ब्यस्त हुन्छन अहिले आशालाई कतिघाटा भैसक्यो होला । कार्यक्रम परिषदका अध्यक्ष शसि लुमुम्बु को सभापतित्व, सचिव टिका चाम्लिङको स्वागत मन्तब्य र यासेली योङहाङको संचालनमा भएकोथियो । एल्वम एबी किराती को प्रस्तुतिमा मा भएको हो र एबि किराती युट्युब च्यानल वारेमा गायक ब्रबिम शेर्माले प्रष्ट्याएका थिए । एल्बम आवद्द सम्पुर्णलाइ प्रमुख अतिथिको बाहुलीबाट मायाको चिनो ट्रफि वितरण गरिएकोथियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार