२७ जनवरी, हङकङ– पप आधुनिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी सुमधुर श्वरकी धनि गायिका तायाहाङमा राईको हङकङमा एकल सांगीतिक साँझ सम्पन्न भयो ।
कार्यक्रमको पहिलो चरणमा हारमोनियम, तबला र गिटारको साथमा ‘पोहोर साल…’, ‘कसरी म भुले…’, ‘फूललाई सोधे…’, ‘उकाली ओरालीहरुमा…’ लगायतका आधा दर्जन गीतहरु पस्किदा डुएट गीतहरुमा भने दिनेश सुब्बा र टोपराज तामाङले साथ दिएका थिए ।
बाक्सिला बजार सेरोफेरो समाज हङकङद्धारा जोर्डनस्थित नयाँपेजको हलमा आयोजित उक्त कार्यक्रममा हारमोनियममा हिमालय टोन्सका दिनेश सुब्बा, तबलामा कृष्णभक्त महर्जन र गिटारमा रोशन लिम्बुले साथ दिएका थिए ।
दोस्रो चरणमा भने गायिकाले म्यूटिक ट्रयाकमा ‘कोही छ…’, ‘कताकता सपनीमा… ’, ‘मायाको गहिराईमा…’ लगायत आफ्ना आधा दर्जन बढि चर्चित गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन ।
सांगीतिक यात्राकै क्रममा तेस्रो पटक हङकङ आइपुगेकी राईले तिम्रो याद, तरना र कान्छी गरी ३ वटा एल्बमहरु बजारमा ल्याइसकेकी छिन् ।