हङकङको साहित्य श्रृंखलाले आठौं वार्षिक उत्सव मनाउदै

  टोपबहादुर याक्खा

१८ अगष्ट, हङकङ– हङकङमा रहेका आधा दर्जन साहित्यिक संघसंस्थाहरु मध्ये सबै भन्दा सक्रिय रुपमा रहेको हङकङ साहित्यिक साझा श्रृंखलाले भोली १८ अगष्ट २०१९, आइतबार दिनको १ बजेदेखि  जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसको हलमा आफ्नो ८८ औं श्रृंखलासंगै आठौं वार्षिक उत्सव मनाउदैछ ।
आठौं वार्षिक उत्सवको अवसरमा हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा विशेष योगदान दिदै आएका विभिन्न व्यक्तित्वहरुलाई नगद पुरस्कार सहित सम्मान गर्नुका साथै सातौं कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरिने श्रृंखलाका संयोजक डी.बी. पालुङवाले बताए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत ८ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन तथा समीक्षा गर्दै आइरहेको श्रृंखलाको आठौं वार्षिक उत्सवको सम्पूर्ण तयारी पुरा भएको र उक्त कार्यक्रमलाई सफल बनाउँन सृजना सहित उपस्थित भइदिन समस्त हङकङबासीहरुमा साहित्य श्रृंखलाकी सह–संयोजक सुनिता गिरीले आग्रह गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार