आधार नेपालको फुड बैंकद्वारा श्रमिकहरुलाई खाद्यान्न वितरण

काठमाडौं, आधार नेपालले सञ्चालन गरेको फुड बैंकद्वारा ललितपुर स्थिीत मंगलबजार क्षेत्रका श्रमिकहरुलाई खाद्यान्न वितरण गरिएको छ ।’भोकसँग लडिरहेकाहरुको लागि आधारबनौं सक्नेले दिएर जाऔं नसक्नेले लिएर जाऔं,’ भन्ने उद्येश्यका साथ आधार नेपालले मंगल फार्मेसीसँगको सहकार्यमा फुड बैंक सञ्चालन गरि गरिब, असहाय तथा श्रमिकवर्गलाई मंगलबार खाद्यान्न वितरण गरेर सहयोग गरेको हो।

फुड बैंक सञ्चालनका लागि विभिन्नक्षेत्रबाट सहयोग गर्ने सवैलाई धन्यबाद दिदै आधार नेपालकी अध्यक्ष अस्मिता श्रेष्ठले कोरोना महामारीको समयमा अर्थिक स्थिीती कमजोर भएका र दैनिक ज्यालादारी गरेर खाने लाखौं श्रमिक बर्गको रोजिरोटि गुमेको अवस्थालाई ध्यानमा राख्दै आफुहरुले फुड बैंकको स्थापनागरेको बताईन् ।

फुड बैंक स्थापनाका लागि त्रिभुवन बिश्वविद्यालय मानबशास्त्र विभागका विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहेको र त्यस बाहेकअन्य विभिन्न निकायबाट समेत सहयोग प्राप्त भएको छ,’ उनले भनिन । सोहि सहयोगका आधारमा आधार नेपालले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा पनि यसरी नै फुड बैंक स्थापना गरि खाद्यान्न वितरण गर्ने योजना रहेको उनको भनाई छ ।

आधार नेपालको यस कार्यमा मंगल फार्मेसीले मास्क, पन्जा, स्यानिर्टाईजर लगाएत स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गाराएको थियो । यसका साथै कार्यक्रममा खाद्य सामग्री लिन आउने व्यक्तिहरुको ज्वरो नाप्ने काममा समेत फार्मेसीले सहयोग गरेको थियो ।मंगल फार्मेसीका व्यवस्थापक प्रमुख विश्वभक्त जोशीले महामारीको समयमा आधार नेपालले गरेको मानब सेवाको कार्यमा साथ दिन पाउँदा आफुहरु हर्सित भएको बताए।आउँदा दिनहरुमा पनि आधार नेपालले गरेका यस्ता कार्यमा सहकार्य गर्न सकिने उनको भनाई छ ।

खाद्यान्न वितरण कार्यकालागि मंगलटोल सुधार समिति ललितपुर र सानोपाईला संस्थाले समन्वय गरेको संस्थाले जानकारी दिएको छ।


आधार नेपाल टिम

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार