आनि याक्थुङ्बा्/पा:लाम तथा लघु चलचित्र सार्वजनिक

  सुकमाया तुम्रुक

काठमाडौं, ४ कात्तिक ।

अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर मुक्कुमलुङ अवार्ड प्राप्त गर्ने गायक सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलाम म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।

कात्तिक ३ गते सोमबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयबाट फेसबुक लाइभ गरी सार्वजनिक गरिएको थियो । सार्वजनिक कार्यक्रममा गायकगायिका सुमन लिम्बू, गंगा फियाक, कलाकारहरू रुद्र पाहिम, लक्ष्मी योङहाङ, दिवस पयाङ्गु, निर्देशक लोकेन सावा, याक्थुङ मुनचइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ हङकङका सदस्य कुन्सा यक्पाङ्देनको उपस्थितिमा सार्वजनिक गरिएको थियो ।

गायक सुमन लिम्बूले पाःलाम प्रतियोगितादेखि यस पाःलाम गायनको सन्दर्भलाई जोडेर आफ्नो अनुभूति सुनाएका थिए । गायिका गंगा फियाकले लिम्बुवानको फेदाप तथा छथरतिर गाइने पाःलामलाई पहिलोपटक गाउनुपर्दा केही गाह्रो परेको बताइन् । तर गायिका भइसकेपछि सबै प्रकारका गीतहरू गाउनु दायित्व र अवसर दुवै भएको उनको भनाई थियो ।

भिडियोमा अभिनय गरेकी लक्ष्मी योङहाङले यस पाःलाममार्फत तेह्रथुमको फेदाप छथरको लयलाई बुझ्ने मौका पाएको बताइन् । कलाकार रुद्र पाहिमले आफू जन्मिएको गाउँकै प्रतिनिधित्व गरेको दावी थियो । त्यसैगरी गायन र अभिनयमा साथ दिने दिवस पयाङ्गुले पनि पाहिमकै भनाईमा सहमति जनाउदै यस पाःलाममा काम गर्न पाउदा आफ्नो गाँउठाँउ पुर्‍याएको प्रसागलाई जोडेका थिए ।

याक्थुङ मुनचइत चोक सयङका अध्यक्ष तथा चलचित्र विकास वोर्ड, आदिवासी मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले लिम्बू जातिले मात्रै गाँउदै आएको पाःलाम सातदिन सातरातसम्म नाच्दा नसकिने प्रसाग उक्काएका थिए । यस्तो गीतलाई सिमित समयभित्र सक्नु कठिनाई हुने बताउदै लघुचलचित्रकै रूपमा ल्याउन सकेकोमा टिमलाई शुभकामना दिएका थिए ।

पत्रकार देवेन्द्र खापुङले पाःलाम लिम्बुवानको ताप्लेजुङ, पााचथर, तेह्रथुम, संखुवासभा र धनकुटा क्षेत्रभित्र मात्र रहेको र, यस क्षेत्रदेखि बाहिर जानसाथ लय फेरिएको बताएका थिए । हालै सम्पन्न अनलाइन पाःलाम प्रतियोगिताले देखाएअनुसार सिक्किम पुग्दै पाःलाम गीतजस्तो पुगेको र टाढाटाढा पुग्दा झनै फेरिदै गएको प्रसाग ल्याएका थिए । साथै, पछिल्ला पिढीले भाषा र लय बिर्सदै गएकोमा यस्ता कामहरूले संरक्षण र सम्वर्द्धनमा ठूलो सघाउ पुग्ने उनको भनाई थियो । पाःलाम या गीतहरूमा अगाडि पछाडि केही संवाद थपेर लघुचलचित्रकै स्वरूपमा बन्ने गरेको पछिल्लो अभ्यास सकरात्मक पक्ष रहेको बताउादै यसमा केही सिर्जनात्मक क्रियाकलाप थप्दा राम्रो हुने खापुङको सुझाव थियो ।

निर्देशक लोकेन सावाले लिम्बू भाषा तथा संस्कार संस्कृतिका धेरै कामहरू गर्न पाए पनि यस काममा केही नयाँपन पाएको बताए । विश्वास गरेर काम दिने तथा सहयोग गर्नेहरू सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।

नेम खापुङको शव्दभावहरूमा अशोक लोहरूङ राईको संगीत संयोजन र सुमन लिम्बूले लय संकलन गरेको पाःलाममा सुमनको साथमा गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिम लगायतले आवाज भरेका छन् ।

भिडियोमा रुद्र पाहिम र लक्ष्मी योङहाङको साथमा गंगा तुम्बाहाम्फे, रत्ना लावती, सिर्जना जबेगु, थोक्फेला लिङ्देन, प्रकाश तुम्बाहाङफे, दिवस पयाङगु, सुमन लिम्बू, प्रेसा वनेम, अनुरागी राई, दिलिप पाहिम, भीमराज पाहिम, भीमसागर लिम्बू गगा फियाक, मनु थक्लुङ, पुष्पा लिम्बू खेवालगायतले अभिनय गरेका छन् ।

इशाक जबेगुले छायांकन गरेको भिडियोलाई निर्देशक लोकेन सााबाले निर्देशन गरेका हुन् । भिडियो तमर फिल्मस युट्यूव च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार