भगिराजलाई मदन र भैरवबहादुरलाई जगदम्वाश्री पुरस्कार

          २५ कार्तिक

नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार तेह्रथुमको इवामा जन्मेका लेखक भगिराज इङ्नामले यस वर्ष ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तक लेखेवापत प्राप्त गरेका छन् । यसैगरी नृत्यशास्त्री भैरवबहादुर थापालाई ६ दशकभन्दा वढि समय नृत्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै जगदम्वाश्री पुरस्कार पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दा दीक्षितले वुधवार पाटनढोकामा आयोजित कार्यक्रममा दुवै स्रष्टालाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन् । नेपालको इतिहास, संस्कृतिको श्रीवृद्धिमा फरक सामाग्री इङ्नामले दिएको र थापाले नेपाली नृत्य विधालाई उचाईमा पुर्याउनलाई गरेको अध्ययन, अनुसन्धान, प्रयोगात्मक ज्ञान नेपालीका निम्ति अद्धितिय योगदान भएको गुठीका अध्यक्ष कुन्दा दिक्षितले स्मरण गराए । सम्मान ग्रहण गर्दै इङ्नामले पुस्तक लेखनका क्रममा पुरस्कार पाउने दृष्टिकोणबाट पुस्तक नलेखेको तर पुरस्कार पाउदा लिम्बुवानको इतिहास अनुमोदन भएको अनुभव भइरहेको बताए । जीवनको उत्तरार्धमा मदन पुरस्कार पाउनु हर्षको उपल्लो क्षण भएको र यसबाट आफुलाई अध्ययन अनुसन्धानमा संलग्न भइरहन उत्प्रेरित गरेको भनाई राखे । सम्मानित भएपछि नृत्यशास्त्री भैरवबहादुर थापाले राज्यले नगरेको मूल्याँकन मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार प्रदान गरेर कामको सम्मान गरेकोमा खुशी व्यक्त गरे ।

               साहित्यिक व्यक्तित्वहरूको माझ सम्पन्न भव्य समारोहमा इतिहासकार गौतमवज्र वज्राचार्यले अमेरिकाबाट भर्चुअल रुपमा विद्धत प्रवचन गरेका थिए । प्रवचनमा नेवार संस्कृति र बैदिक साहित्यमाथि प्रकाश पारिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार