गितकार कल्पना आङ्बुङ द्वारा कृत मेरिआमा र नरुनु आमा पुस्तक बिमोचन

काठमाडौं, १२ चैत ।

कल्पना आङबुहाङद्वारा लिखित दुई पुस्तक चलचित्र विकास वोर्डको कार्यालय चावहिलमा विमोचन भएको छ । आमामाथि आधारित रहेर लेखिएको ‘मेरी आमा’ र आफ्ना गीतहरुको संगालो ‘नरुनु आमा’ शनिबार पूर्वसभामुख डा. शिवमाया तुम्बाहाम्फेबाट विमोचन भएको हो । प्रत्येक सिर्जना आफ्नी आमालाई समर्पण गर्दै आएकी आङ्बुहाङको यसअघि आमा (भिडियोसहित गीतको संगालो) दुईभागमा आएको छ ।

साहित्य भन्ने यस्तो चिज रहेछ जहाँ अन्जान ब्यक्ती सङ पनि भेटौ भेटौ लाग्ने एक ले अर्को लाई चिनौ लाग्ने हुदो रहेछ । त्यसैले नियमित जानुपर्ने ठाउँ मा नगइ कार्यक्रम मा उपस्थित भएको कुरा भन्दै जसले  बिदेस मा बसेर पनि यो भुमी  आमाको लागि  केही उजारण गरेको, साहित्य मा एउटा इँटा थप्ने काम भएको छ, डा सिबमाया ।

नरुनु आमा गीत सङ्ग्रहमाथि आफ्ना कुरा राख्दै साहित्यकार श्रवण मुकारुङले नेपाली गीतसंगीतमा कल्पना आङ्बुहाङले एउटा इँटा थपिदिएको बताएका थिए । पुस्तकजस्तो प्रकाशनमा हतारिनु हुन्न, हतारिँदा केही कुरा छुटेजस्तो, बिग्रिएजस्तो भएको छ, मुकारुङको भनाई थियो । त्यस्तै मेरी आमा पुस्तकमाथि पत्रकार चेतन अधिकारीले बोलेका थिए । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, समाजसेवी विष्णुदत्त आङ्बुहाङले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लाई बिस्व लिम्बु ले संचालन गरेका थिए भने रुपा आङ्गबुङ्ग द्वारा उपस्थित महानुभाव हरुमा स्वागत मन्तव्य राखिएको थियो ।

‘मेरी आमा’ पुस्तक आमा जीवित हुदा नै निकाल्ने र आमाको हातबाट नै विमोचन गर्ने कोसिस गरेको तर असफल भएको तर अहिले आमा गुमी सकेपछि मात्र उक्त कृति निकाल्न सकेको दुखेसो पोखेकी थिइन् अहिले आफ्नो उमेर ५१ वर्ष मा ५१ वटा गित को गीति सग्रह निकालेको भन्ने कुरा आदि इत्यादि भनाईहरु राख्दै लेखिका कल्पना आङ्गबुङ्ग ले कार्यक्रम लाई बिसर्जन गरेकी थिइन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार