प्रदेश १ सरकारको आर्थिक कार्यविधि विधेयक प्रमाणित

 

                     विधेयक प्रमाणीकरणको लागि हस्ताक्षर गर्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङ ।

प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम मिति २०७८÷१२÷११ गते बसेको प्रदेश सभाको नवौं तथा हिउँदेको अधिवेशनको ११ औं बैठकले उक्त विधेयक पारित गरेको थियो । संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष प्राप्त हुन आएकोमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट मिति चैत्र २३ गते बुधबारका दिन उक्त विधेयक प्रमाणीकरण भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार