किरात याक्थुङ चुम्लुङले राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको छ

  सुकमाया तुम्रुक

२६ मंगसिर विराटनगर

बिकिरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएराटनगर। प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले किरात याक्थुङ चुम्लुङले संविधानको मर्म र भावनालाई बुझेर राष्ट्रिय एकताको लागि सघाउ पुर्याएको बताए । शनिबार उर्लाबारीमा किरात याक्थुङ चुम्लुङ, संघीय समितिद्वारा आयोजित सिरिजङ्गा सिङथेवेको ३१८औं जन्मजयन्ति तथा उदयकला पुरस्कार वितरण कार्यक्रममा बोल्दैन खापुङले सो कुरा बताएका हुन् । खापुङले नेपालको संविधानले नै बहुभाषिक, बहुधार्मिक, बहुजातीलाई आत्मसात गरेको कुरा अवगत गराउँदै चुम्लुङलगायतका संस्थाले गरिरहेको कामको प्रशंसा गरेका थिए । सिरिजङ्गाले किरात सिरिजङ्गा लिपिको विकास गरेको हुनाले उनी लिम्बू जातिको मात्र नभएर देशकै निधि हुनुपर्ने प्रदेश प्रमुखको जोड थियो ।

 कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगा खरेलले संवैधानिक जटिलता नआएको खण्डमा तथा कानुनले दिएसम्म भाषालाई पढाउन पहल गरिने बताएका थिए ।

अहिले नगरपालिकाले नयाँ पाठ्यक्रम बनाउँदै गरेको जानकारी गराउँदै त्यहाँ मिल्नेसम्म जाति, भाषा, धर्मका कुरा समावेश गराउने मेयरको भनाई थियो । यस्तै, चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले अहिलेसम्म शालिन भाषा प्रयोग गर्दै भाषा, संस्कृतिको उत्थानका आवाज उठिरहेको बताएका थिए । तर यसपाल, आघौं, पराघौं पनि आवाज उठाउनुपर्ने भएमा शालिनतालाई बिर्सने कुरा राखेका थिए । कार्यक्रममा साहित्यकार मलिसा याक्थुङ्बालाई कियाचु किरात सिरिजङ्गा पुरस्कार- २०७९ प्रदान गरिएको थियो ।

 

उनलाई रुपैया २५ हजार प्रदान गरिएको थियो भने कलाकार तथा लिम्बू भाषाको प्रथम नायिका, निर्मात्री शोभा खजुमलाई कियाचु उदयकला पुरस्कार रुपैया दश हजार नगदसहित प्रदान गरिएको थियो ।

देबेन्द्र खापुंग

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार