संक्रमितको संख्या सय कट्यो……..

काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलबस्तुका १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या सय कटेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार