कोरोना संक्रमण फैलिँदै…….

काठमाडौं – मुलुकका विभिन्न जिल्लामा गरी मंगलबार ८३ जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन यति धेरैजनामा संक्रमण देखिएको पहिलो पटक हो। नयाँ थपिएका ८३ सँगै मुलुकमा संक्रमित संख्या दुई सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित संख्या सोमबारसम्म १ सय ३४ थियो। मन्त्रालयका अनुसार मंगलबार पर्साका ५७, रुपन्देहीका ९, कपिलबस्तुका ८, महोत्तरीका २, धनुषाका २, भक्तपुरका २, काठमाडौंका १, सर्लाहीका १ र बाराका १ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ। क्वारेनटाइनमा रहेका र केही शंका लागेका व्यक्तिबाट संकलित नमुनामध्ये ८३ को पिसिआर परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको मन्त्रालयले मंगलबार जनाएको छ। जोखिममा रहेका जिल्लामा नमुना परीक्षण दर र दायरा थप बढाउने तयारी भइरहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकराीले बताए। ‘जोखिममा रहेका जिल्ला र अन्य जिल्लामा व्यापक परीक्षण गरिने छ’, उनले भने। पछिल्लोपटक संक्रमित हुनेमा धेरैजसो लकडाउन अवधिमा लुकिछिपी भारतबाट आएका रहेको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितको विभिन्न अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ। यसअघि संक्रमितमध्ये वीरगन्जमा २७, विरानटनगरमा १९, राजविराजमा १, भरतपुरमा १, नेपालगन्जमा २४, बर्दियामा १ र रुपन्देहीमा २८ जनाको उपचार भइरहेको छ। हालसम्म ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। हालसम्म देशभर १२ हजार ७ सय ८५ जना क्वारेनटाइनमा छन्। १८ हजार ९ सय ६४ वटा नमुना पिसिआर विधिबाट र ५९ हजार ६ सय २७ नमुना आरडिटी बिधिबाट परीक्षण भएको छ।  एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार