नेपालको नयाँ नक्सा मान्य हुँदैन : भारत………

नेपालले जारी गरेको राजनीतिक नक्सा मान्य नभएको भारतले जनाएको छ। बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस किसिमको कृतिम विस्तार गरेर भूभाग दाबी गर्ने कुरा भारतलाई स्वीकार्य नहुने बताएका छन्। ‘नेपालले आज आधिकारीक नक्सालाई परिवर्तन गरेर सार्वजनिक गरेको छ जसमा भारतीय भूभाग पनि समावेश गरिएको छ,’ प्रवक्ता श्रीवास्तवले भनेका छन्। उनले नेपालको एकतर्फी निर्णय ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उनको भनाई छ। उनले नेपालले नयाँ नक्सा सार्वजनिक गरेर कुटनीतिक माध्यमबाट विवादित सीमा क्षेत्रको समाधान खोज्ने दुई पक्षीय समझदारीलाई उल्लंघन गरेको जनाएका छन्। उनले नेपाल यस विषयमा भारतको पोजिसनको बारेमा राम्रोसँग जानकार रहेको बताएका छन्। उनले नेपाललाई पुष्टि नुहने कार्टाग्राफिक (झुठो) दाबीबाट बच्न आग्रह गर्दै नेपालले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताएका छन्। उनले नेपाली नेतृत्वले टुंगिन नसकेका सीमा विवाद कुटनीतिक सम्वादको माध्यमबाट टुंग्याउने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन्। एनअेाएन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार